About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषामा जग्गा बिबाद हुँदा ३ महिला सहित ५ जना घाइते, एकको अवस्था गम्भीर

खोज केन्द्र मंगलबार, जेठ १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको सबैला नगरपालिका १३ मा जग्गा सम्बन्धी विवादमा भएको कुटपिटबाट ३ महिलासहित ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

स्थानीय व्यक्तिले गरेको कुटपिटबाट नागेश्वर यादव, बिमल यादव, आरती देवी, हिरादेवी, सुभनीदेवी घाइते भएका छन् । घाइतेमध्ये नागेश्वर र बिमलको टाउको फुटेको छ । यसमध्ये नागेश्वरको जनकपुरधामको प्रादेशिक अस्पतालबाट थप उपचारका लागि विराटनगर लगिएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

नागेश्वर यादव सिरहा निवासी सुरेन्द्र कुसियैतको जग्गामा बटिया खेती गर्दै आएका थिए । तर, आईतबार रामनारायण उक्त खेतमा गएर जोत्न लाग्दा उनले रोकेका थिए । जग्गाधनीले आफूलाई बटिया खेत ीगर्न जग्गा दिएको भन्दै उनले जोत्न रोकेको बताए ।

खेत जोत्न रोक्दै घर आएपछि आइतबार साझ उनीहरुले कुटपिट गरेको मिथिलेश यादवले बताएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]