About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
सुगौली सन्धि र नेपाल

खोज केन्द्र शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

इतिहासको घटनाक्रममा १, नोवेम्बर १८१४देखि नेपाल र ब्रिटिश ईष्ट इण्डिया कम्पनी बीच युद्द शुरु भयो ।

औपनिवेशिक उत्पीडनको विरुद्ध विद्रोह गर्नु औपनिवेशिक उत्पीडनमा परेका जनसमुदायको नैसर्गिक र जन्मसिद्ध अधिकार एवं कर्तव्यको सर्वमान्य सिद्धान्त अनुसार नेपाली औपनिवेशिक शासनको मध्ययुगीन बर्बरतापूर्ण अन्याय र अत्याचारका शिकार तराईवासीहरुले नेपाली शासनको विरुद्ध विद्रोह गरेर आफ्नो शत्रुको शत्रु मित्र हुने मान्यता अनुरुप ब्रिटिश ईष्ट इण्डिया कम्पनीसंग मिलेर नेपालको विरुद्ध सशस्त्र युद्द लडे । युद्दमा नेपाल पराजित भए ।

नेपाल कम्पनीसंग सन्धि गर्नको लागि विवश भए । सन् १८१५, मई २८ का दिन नेपाल सरकारले आवश्यक अधिकार-पत्रको साथ राजगुरु गजराज मिश्रलाई कम्पनी सरकारका प्रतिनिधि मेजर पेरिस ब्राडशासंग सन्धि वार्ता गर्न सुगौली पठाए । कम्पनीका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच केहि महिनासम्म कैयौं पटक सन्धि वार्ता भयो ।

नेपालले सुगौली सन्धि-पत्र मार्फत तिस्टादेखि मेचीसम्म तथा महाकालीदेखि सतलजसम्मको भूभाग कम्पनीलाई सुम्पियो । कम्पनीले सुगौली सन्धि-पत्रद्वारा नै नेपाललाई प्रतिवर्ष तिरो तिर्ने शर्तमा दिएको तराई समेत फिर्ता लिए ।

यसरी सन्धि वार्ता पश्चात सुगौलीमा तयार पारिएको प्रस्तावित सन्धि-पत्रमा २८ नोवेम्बर, १८१५ का दिन राजगुरु गजराज मिश्रले हस्ताक्षर गरिदिए । त्यस्तै २ दिसम्बर, १८१५का दिन ब्राडशाले पनि सहि गरि दिए ।

यस दिनदेखि पन्ध्र दिनभित्रै नेपालका राजाको स्वीकृतिको लागि गजराज मिश्रले सन्धि-पत्र लिएर काठमाण्डौं गए । नेपालका राजाको स्वीकृतिपछि ब्राडशा मार्फत यसमाथि बीस दिन भित्रै वा सम्भव भए यस भन्दा पनि शीघ्र नै गभर्नरको स्वीकृति लिइने थिए ।

अन्तिम शर्त अनुसार निश्चित समय भित्र नेपालले सन्धि-पत्र स्वीकृत। गरेनन् । नेपाल दरवारमा ब्रिटिशद्वारा प्रेषित सन्धि-पत्रका शर्तहरु स्वीकार गर्ने कि नगर्ने विषयमाथि छलफल हुँदा भारदारहरुमा मतभेद हुन गयो ।

अधिकांश भारदारहरु कम्पनीसंग पुनः युद्धकै पक्षमा गए । नेपाल दरवार प्रस्तावित सुगौली सन्धि-पत्रलाई उपेक्षा गर्दै राजधानी काठमाडौंको प्रवेश मार्गको सुरक्षाको साथै भावी युद्धको पूर्व तैयारीमा लग्यो ।

नेपालीहरुको इरादाको जानकारी पाउनासाथ गभर्नर जनरल वार्ड होस्टिङ्गसले फरवरी, १८१६ का प्रारम्भिक सप्ताहमा मेजर जनरल अक्टरलोनीको कमानमा बीस हजार फौज भीच्छाखोरी(वर्तमान अमलेशगंज)को बाटो कठमाडौं कब्जा गर्न पठाए ।

फरवरी २७ का दिन मकवानपुरगढी र २९ का दिन हरिहरपुरगढीमा भएका पुनरावर्तित युद्धमा पनि नेपाल पराजित भए ।

मकवानपुरगढी र हरिहरपुरगढीको युद्धमा विजयी भई हेटौंडामा सैन्य शिविर खडागरि अक्टरलोनीले काठमाडौं हान्ने बढदै आइरहेको समाचार पाउनासाथ नेपाल दरवारले प्रस्तावित सुगौली सन्धि-पत्र स्वीकार गर्नु नै श्रेयस्कर ठान्यो ।

अतः ३ मार्च, १८१६ का दिन नेपाल दरवारद्वारा प्रस्तावित सुगौली सन्धि-पत्रमाथि स्वीकृतिको लालमोहर सदर गर्यो । ४ मार्च, १८१६ का दिन अप्राहान २ .३० बजे गजराज मिश्र र चन्द्र शेखर उपाध्यायले नेपाल दरवारद्वारा लालमोहर सहित स्वीकृत भएको सुगौली सन्धि-पत्र हेटौंडाको सैनिक छाउनीमा हाजिर भएर अक्टरलोनीलाई बुझाए ।

४ मार्च, १८१६ का दिन नेपालको राजदरबारद्वारा लालमोहर सदर सुगौली सन्धि-पत्र ब्रिटिशलाई सुम्पिएपछि ‘तराई’ वैधानिक रुपमा नेपाली शासनबाट मुक्त भए ।

त्यसपछि तराईमाथि नेपालले शासन गर्न पाएन ।

लेखक: जय कृष्ण गोईत

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]