About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
नेपालमा कोरोना संक्रमितको संख्या ५८४

खोज केन्द्र शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालमा पछिल्लो पटक ३६ जना कोरोनाभाइरस संक्रमित थपिएसँगै संक्रमितको संख्या ५८४ पुगेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।

बाँकेमा २७ जना,  बैतडीमा ४ जना,  बर्दियामा १ जना,  झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

डा. देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका चार जनामा कोरोना पाेजेटिभ देखिएको छ।

झापाको डिल्लीराज मावि क्वारेन्टिनमा रहेका एक जना ३३ वर्षका पुरूषमा पनि कोरोना पुष्टि भएकाे छ।

बाँकेकाे नरैनापुर गाउँपालिकामा सबै भन्दा बढी २७ जना काेराेना पाेजिटिभ देखिएकाे र बर्दिया बढैयाताल ७ का एक १९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए।

यस्तै कर्णाली प्रदेशको सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]