About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
आर्थिक संकटमा नेपाल

गोविन्द चापागाईं शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले आज विश्वमा नै प्रत्यक्ष असर गरिरहेको अवस्था छ । विशेष गरी आर्थिक क्षेत्रमा यसको प्रभाव बढी भएको देखिन्छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा पनि देखा परेको छ ।

पुँजीबजारमा आएको ह्रास, बैंक–वित्तीय प्रणालीमा आएको ह्रास, मुलुकको उत्पादन तत्वमा आएको गिरावट तथा देशको अर्थतन्त्रमा भएको गिरावटले आज मुलुक आर्थिक संकटतिर धकेलिँदै गइरहेको अवस्था आएको छ ।

प्राइभेट संस्थानहरूमा कार्य गर्ने हजारौं श्रमिकको श्रम खोसिएको छ । यसले गर्दा मानिसको दैनिकीलाई समेत असर गरिरहेको प्रत्यक्ष देख्न सकिन्छ । आजकाल यस्तो विषम परिस्थितिमा पनि जनताको मनोबल कम गराउने भ्रामक समाचारहरूले गर्दा त झन् अबको भविष्य के हुने हो भन्ने आममानिसहरू आफैं मूल्यांकन गर्न थालिसके । श्रम दिने साना तथा ठूला उद्योगहरू आयातित कच्चा पदार्थ कम परिमाणमा आउनाले कलकारखाना नियमित सुचारु हुन सकिरहेका छैनन् ।

धेरै श्रमिक आ–आफ्नो गृह जिल्लामा गएकाले पनि श्रमिकहरू विकास–निर्माण कार्यमा कम मात्रामा मात्र खर्चिएका छन् । ती श्रमिकहरू भोलि फर्कने–नफर्कने टुङ्गो छैन । विषम परिस्थितिले गर्दा आज मुलुक लकडाउनको अवस्थामा छ । लकडाउन भएको पनि झन्डै २ महिना पुग्न थालिसकेको छ ।

यो अझ लम्बिएर कति समयसम्म जान्छ भन्ने कसैको पनि यकिन गर्न सकेको छैन । झन्–झन् भुसको आगोजस्तै भित्रभित्रै यो महामारी फैलिसकेको छ । दुई जना मानिसले ज्यान गुमाइसकेका छन् ।

यो लेख तयार पार्दासम्म ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् र ३७ जनामात्र यो महामारीबाट निको भएको तथ्यांक छ । चैत ११ गतेबाट मुलुकमा लकडाउन भएको परिस्थितिमा धेरै जना मानिसको रोजीरोटी खोसिने देखिन्छ । लकडाउनका कारणले सबै मानिसहरू घरभित्रै बसिरहेका छन् । कच्चा पदार्थको कमीले स–साना उद्योगहरू बन्द भइसकेका छन् ।

यसले मुलुकको आर्थिक संकटले नै धेरै सर्वसाधारण मानिसको दैनिकीलाई समेत प्रभाव परेको देखिन्छ । यसले भोलिका दिनमा सबैभन्दा बढी अब निम्न आयवर्ग भएका मानिसलाई पिरोल्ने गर्छ, किनकि यति लामो समयको आर्थिक संकट बेहोरिरहेका उनीहरूले न त बैंक-सहकारीको किस्ता तिर्न सक्छन्, न त सार्वजनिक कर तिर्न सक्छन् ।

लामो समयसम्म रोजगारीमा नफर्किंदा आफूले बस्दै आएको घरको भाडासमेत बुझाउन नसकेको परिस्थितिमा बैंक-सहकारीको ऋण कसरी तिर्ने भन्ने मनस्थितिमा पुगिसकेका छन् । अझ यो लकडाउन खोल्ने टुङ्गो छैन । यस्तै अवस्था सिर्जना हुने हो भने अब भोकमरीको अवस्था सिर्जना हुन सक्ने सर्वसाधारणहरू बताउँछन् ।

यी निम्न आय भएका सर्वसाधारणलाई पनि सरकारले केही सहुलियत राखिदिए, राहत प्याकेजको सिर्जना गरिदिए, करको दायरालाई लचकता गरिदिए केही आर्थिक संकट टथ्र्याे कि भन्ने आममानिसको गुनासो छ ।

उदाहरणका लागि इटलीको मिलानमा पनि लामो समयदेखिको लकडाउन खोल्दा धेरै मानिसले रोजीरोटी गुमाउनुपरेको थियो । त्यस्तै चीन, अमेरिकालगायत धेरै ठाउँमा लाखौं मानिसले आफ्नो श्रम गुमाउनुपर्ने देखिन्छ । यसको प्रभाव हाम्रो मुलुकमा पनि परेको छ ।

यस महामारीले मुलुकबाहिर रहेका आममानिसको पीडा पनि उस्तै छ । जतिसक्दो चाँडो नेपाल सरकारले उद्धार गरोस् भन्ने लाखौं प्रवासी नेपालीहरूको गुनासो छ, तर यता भने सरकारले विदेशमा अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तत्काल कसरी ल्याउने ? ल्याएका नागरिकलाई कसरी क्वारेन्टाइनको व्यवस्था गर्ने ? अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याएपछि रोजगारी सिर्जना कसरी गर्ने ? लगायतका धेरै विषयमा छलफल गरिरहेको सरकारका निकायहरू बताउँछन् भने अब तत्कालै २० हजारजति अलपत्र परेका नेपालीहरूलाई सरकारले उद्धार गर्ने भन्ने निचोडसमेत निकालेको छ ।

यो अवस्था धेरै ढिला भएको सम्बन्धित विज्ञहरू बताउँछन् । तर, यस कोभिड–१९ को महामारीले गर्दा विश्व आर्थिक संकटमा परेकाले सबैले आ–आफ्नो तर्फबाट संयमित हुन र केही समय धैर्य गर्नसमेत सरकारले आग्रह गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]