About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: लकडाउनमा पारिश्रमिक नदिने उद्योगको सूची बनाउँदै सरकार

खोज केन्द्र बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जेठ ७, वीरगञ्ज । निजीक्षेत्रले कामदार कर्मचारीलाई लकडाउन अवधिको पूरै पारिश्रमिक दिनु परे उद्योग बन्द गर्ने बताइराख्दा सरकारले पारिश्रमिक भुक्तानी नगर्ने उद्योगको सूची तयार गरिरहेको छ ।

अर्थ मन्त्रालयले तलब भुक्तानी नगर्ने उद्योगको विवरण मागेको हो । 

अर्थ मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमार्फत उद्योगहरूसित वैशाख महीनासम्मको यस्तो विवरण मागेको छ । 

मन्त्रालयले बैशाखसम्मको तलब भुक्तानी नगरेका उद्योगको विस्तृत विवरण पठाउन विभागलाई आग्रह गरेको हो । मन्त्रालयले यस सम्बन्धमा निर्णयसहित आग्रह गरेपछि विभागले आफ्ना क्षेत्रीय कार्यालयमार्फत यस्तो विवरण संकलन गरिरहेको छ । 

बारा, पर्सा र रौतहटका उद्योग प्रतिष्ठानलाई वैशाखसम्मको पारिश्रमिक दिए/ नदिएको विवरण पठाउन श्रम तथा रोजगार कार्यालय पर्साले पत्र काटेको छ । यी जिल्लाका उद्योगलाई ३ दिनभित्र विस्तृत जानकारी पठाउन पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख सुन्दर श्रेष्ठले बताए ।

तीन दिने म्याद बुधवार सकिएको छ । निजीक्षेत्र लकडाउन अवधिमा ५० प्रतिशतमात्र तलव दिने अडानमा छ । सरकारले दोस्रो चरणको राहत प्याकेजमा लकडाउन अवधिको पारिश्रमिकमध्ये तत्काल ५० प्रतिशित र लकडाउनपछि बाँकी ५० प्रतिशत भुक्तानी दिनुपर्ने बताएको छ ।

चैत ११ देखि लडकडाउन जारी छ । कतिपय उद्योगले चैत महीनाकै पारिश्रमिक दिएका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]