About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
सुरक्षा निकायकै सेटिंगमा लकडाउनको मौकाछोपी धनुषामा अबैध उत्खनन र तस्करी

ग्राबेल ठेकेदारको क्यान्टिनमा कुटपिट

खोज केन्द्र बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सुरक्षा निकायकै सेटिंगमा लकडाउनको मौकाछोपी धनुषामा अबैध ग्राबेल उत्खनन र तस्करी बढेको छ । 

सरकारले अबैध उत्खन्नमा रोक लगाएपनि धनुषामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी तथा स्थानिय तहको सेटिंगमा अबैध उत्खनन जारी रहेको स्थानिय अगुवाहरुको दाबी छ । मालटोल खोलामा दिन रात नभनी ग्राबेल उत्खनन भइरहेको छ । 

उक्त खोलामा ग्राबेल उत्खनन कार्यमा धनुषाधाम नगरपालिका-३, मंगलपुर बस्ने धनुषबाबा कन्सट्रक्सनका सञ्चालक अानन्द साह, स्थानीय ऋषिकेश पाख्रिन, विन्देश्वर साह र शिवशरण यादव रहेका छन् ।

ठेकेदारहरूलाई अन्य ५/७ जना स्थानीयहरू ‘डन’ भत्ता लिएर मालटोलस्थित जगधर खोलाको ऐलानी तथा पर्ति जग्गामा अबैध ग्राबेल उत्खनन कार्यमा सहयोग गरिरहेको जानकारी प्राप्त भएको छ ।

त्यस स्थानमा करिब ३ महिना पहिलेदेखि अर्थात् २०७६ को फागुन १८ गतेबाट ग्राबेल उत्खनन  हुँदै अाएको छ । यद्द्पी सुरक्षा निकाय रोक तथा कारवाहीको सट्टा उत्खन्नलाई सघाई रहेको स्थानियको तर्क छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका सभापति तथा सम्बन्धीत पक्षलाई पटक पटक जानकारी गराउंदा समेत कुनै चासो नदेखाएको स्थानियहरुले बताए । उक्त अबैध उत्खन्न नरोकिए आफुहरु लकडाउनमै आन्दोलन गर्ने तयारीमा जुटेको मालटोलका एक अगुवा युवाले बताए । उत्खनन गर्ने तस्करहरुको पहुंच भएकाले एक वा दुई जनाले मात्र आन्दोलन गर्दा जोखिम बढेको उनको तर्क छ । 

यद्दपी यस घटना तथा अबैध ग्राबेल उत्खननको स्थानीय बुद्धिजीवीहरूले विरोध गरेका छन् । नेपाल सरकारले घोषणा गरेको ‘लकडाउन’ को उलङ्घन गरि त्यस्ता कार्य गर्नु गराउनु निन्दनीय रहेको स्थानीयको बुझाई छ ।

ग्राबेल ठेकेदारको क्यान्टिनमा कुटपिट

धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलस्थित रहेको ग्राबेल ठेकेदारको क्यान्टिनमा कुटपिट भएको छ । क्यान्टिनमा अाइतबार राती करिब ९ बजेको समयमा अाएका एक समुहले भान्सेहरूमाथि कुटपिट गरेको हो ।

विश्व कोभिड-१९ को चपेटामा रहेका बेला मालटोल खोलामा दिन रात नभनी ग्राबेल उत्खनन भइरहेको छ । भान्सेका अनुसार क्यान्टिनमा अाउने जानेकाे संख्या यकिन छैन, दिनैपिछे फरकफरक व्यक्ति अाउने भएकाले उनीहरूले अाफूहरूमाथि अाक्रमण गर्ला भन्ने लागेको थिएन ।

क्यान्टिनमा अाएकाहरू पनि स्थानीय नै रहेकाले अाफुहरू पनि एकछिन बस्नुस् खाना पाक्छ अनि खाएर जानू होला भन्नासाथ अाफुहहरूमाथि उनीहरूले कुटपिट गरेको एक भान्सेले बताए । उनीहरूले अाफुहरूमाथि कुटपिट गर्नुको कारणबारे अनभिज्ञ रहेको भान्सेहरूले बताएका छन् ।

उक्त समुहको कुटपिटबाट भान्सेहरू विनाेद यादव, प्रदिप साह र जोगेन्द्र यादवलाई गम्भीर चोट लागेको छ भने स्थानीय ठेकेदार विन्देश्वर साहमाथि हातपात गरिएको भान्से प्रदिप साहले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]