बजेट सिध्याउन प्रत्येक आर्थिक वर्षको अन्त्यमा गरिने टालटुले विकास जनकपुरका लागि प्रत्युत्पादक बनेको छ । यही टालटुले विकासले गर्दा सामान्य वर्षामा पनि प्रादेशिक अस्पताल जनकपुर जलमग्न बनेको छ ।
मंगलबार विहान सामान्य वर्षा हुँदा प्रदेश नम्बर २ को प्रादेशिक अस्पताल जनकपुरको मुख्य प्रवेश द्वार सहित प्रांगन र भित्री भाग जलमग्न बनेको हो ।
कोरोना महामारी नियन्त्रण गर्न प्रदेस सरकारले उक्त अस्पताललाई हाल कोरोना अस्पताल बनाएर सेवा दिदैं छ । यद्द्पी अस्पताल सहित जनकपुरको बिभिन्न सरकारी कार्यालय तथा बजार डुबानमा पर्यो । जनकपुर भित्रको नाला जिर्ण रहेका कारण बजार जलमग्न बनेको स्थानीयवासीले बताएका छन् ।
ढलको उचित निकास नहुँदा वर्षामा पनि नगर क्षेत्रभित्र पानी जम्ने गरेकाले सर्वसाधारणलाई हिंडडुल गर्न समस्या भएको स्थानीय व्यापारी दिपक गुप्ताले बताए ।