About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
नेपालमा संक्रमितको संख्या ३७५

खोज केन्द्र सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालमा आज थप १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अबेर राति १८ जना थपिएको विवरण अद्यावधिक गरेको छ।

योसहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगञ्ज, कोशी अस्पताल र विराटनगरका प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा थप १२ जना पुरुषमा संक्रमण देखिएको छ। बाँकेको नरैनापुरमा यसअघि आजै ४७ जना संक्रमित थपिएका थिए।

त्यस्तै धनुषामा २, खोटाङमा एक, सुनसरीमा एक, दैलेखमा एक र झापामा एक गरेर १८ जना थप संक्रमित पुष्टि भएका हुन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]