About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
धनुषामा जेठाजुले गरे बुहारीलाई खुकरी प्रहार गरी हत्या

खोज केन्द्र बुधबार, पौष ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम। धनुषामा एक जना महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ बडहडीमा जेठाजुले आफ्नो बुहारीलाई खुकरीले प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ घर भएको अन्दाजी ३८ वर्षिय रानी देवी पजियारलाई जेठाजु श्रीप्रसाद पजियारले वुधवार दिउँसोको समयमा शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राम कुमार यादवले जानकारी दिए ।

खुकुरीको प्रहारबाट घाइते भएकी रानी पजियारको उपचार लालगढको अस्पतालमा सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।

खुकुरीको प्रहारबाट घाइते भएकी रानीले जेठाजु श्रीप्रसादले आफुमाथि खुकुरी प्रहार गरेको बयान प्रहरीलाई दिएको थियो । यसै आधारमा जेठाजुको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । मृत्यु हुने रानीको श्रीमान मिश्री पजियार बैदेशिक रोजगारमा रहेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]