About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
कमिशनमा पल्किएका धनुषाको अबुझ जनप्रतिनिधि: लकडाउनको धज्जी उडाउंदै बालबालिका भेला, जनप्रतिनिधि नै मास्क लगाएन्न !

खोज केन्द्र शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम  । मुलुक लकडाउनमा छ । त्यसमाथि पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धनुषामा थप कडाइ भएको छ । यद्दपी कमिशनमा पल्किएका धनुषाको अबुझ जनप्रतिनिधि !  लकडाउनको धज्जी उडाउंदै बालबालिका भेला गर्दै सार्वजनिक कार्यक्रम आयोजन गरिएको छ ।

बालबालिका मात्र होईन जनप्रतिनिधि नै मास्क लगाएन्न ! तरपनि सुरक्षा निकाय, जिल्ला प्रमुख र सरकार रमिते बनेको स्थानिय बुद्विजिवीहरुको तर्क छ । 

धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ मा शुक्रबार फरक दृश्य देखियो । आफुलाई कान्छो मेयर भन्न निकै रुचाउने उदय बरबरिया र निर्वाचित प्रतिनिधि कमिशनमा पल्किदां कोरोना महामारी बीच लकडाउन उलंघन गरेको स्थानियहरुले बताए । 

नगरमा बालबालिका विद्यालय पोसाक लगाएर हिँडिरहेका थिए, विद्यालय पनि खुलेको थियो । विद्यालय परिसरमा भेला भएका बालबालिकामध्ये धेरैले मास्क लगाएका थिएनन् ।

आधारभूत विद्यालय डुमरियामा शुक्रबार बिहान झण्डै दुईसय बालबालिका भेला भएका थिए । 

किन विद्यालय आएको भन्ने प्रश्नमा कक्षा ५ मा अध्ययनरत सुरज रायले भने, ‘नयाँ पाठ्यपुस्तक लिन सरले नै बोलाउनु भएको छ ।’

भेला भएका बालबालिकाको बीचमा थिए शिक्षक पवन गोहितमान यादव । उनले नयाँ पाठ्यपुस्तक लिन बोलाएको बताए । प्रध्यानाध्यापक अशोक यादव र स्रोत व्यक्तिको आदेशमा आफू पाठ्यपुस्तक वितरण गर्न आएको बताए ।

प्रधानाध्यापक अशोकले भने नगरपालिकाबाट पुस्तक वितरण गर्न दवाब आएकाले वितरण गरेको बताए । ‘नगरपालिकाले दबाव दियो, त्यसपछि हामीले लकडाउनकै बेलामा पुस्तक वितरण गर्न बालबालिकालाई बोलाएका हौं’ उनले भने ।

यो मात्र होइन, शहीद नगरपालिकाभरिका अधिकांश विद्यालयले शुक्रबार पाठ्यपुस्तक वितरण गरेको छ ।

वडा नम्बर ८ कै आधारभूत विद्यालय नाथपट्टीमा त पुस्तक वितरण गर्न वडा अध्यक्ष तनुकलाल कुसैत स्वयं पुगे । उनले आफ्नै हातबाट बालबालिकालाई पुस्तक वितरण गरे ।

नगरपालिकाका कार्यकारी अधिकृत नन्दकुमार झा पाठ्यपुस्तक वितरण गर्न भनिएपनि भीड लगाउन नभनिएको बताए । ‘दूरी कायम गरेर घर–घरमा पुस्तक पठाउनका लागि विद्यालयमा पाठ्यपुस्तक पठाएका हौं’ झाले भने, ‘के भएछ, बुझ्छु ।’

सम्बन्धित

ताजा अपडेट
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]