About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
सरकारको लापरवाहीले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्छः प्रमुख सचेतक अरगरिया

खोज केन्द्र बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्वर २ को प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् । 

प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा भत्केका नदीहरुको बाँध अहिलेसम्म नियन्त्रण हुन नसकेको भन्दै अबको बर्षामा गाउँको गाउँ बगाउन सक्ने बताए । 

‘सरकारको ध्यान यतातर्फ छैन’ अरगरियाले भने, “आगामी बर्षको बजेटमा पनि यसतर्फ ध्यान दिइएको अवस्था छैन् ।”

उनले कोरोनाले अर्थतन्त्रलाई पार्ने प्रभावको बिषयमा बजेटमा कुनै तथ्यांक प्रस्तुत नगरिएको बताए । उनले बजेट परम्परावादी नै देखिएको भन्दै कोरोनाले प्रभाव पार्न सक्ने बिषयलाई बजेटमा समेटनुपर्ने बताए । 

उनले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिए । 

प्रदेश २ मा बैज्ञानिक खेत ीगर्न लगानी गर्न भन्दै उनले यसो गरिए प्रदेश २ ले समग्र देशलाई पाल्न सक्ने बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]