About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
नेपालमा कोरोनाको जोखिम बढ्दै, संक्रमितको संख्या २४३ पुग्यो

खोज केन्द्र बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

नेपाल कोरोना भाइरस (कोभिड–१९)को दुई दिनयता ह्वातै बढेको छ । सोमबार र मंगलबार यता संक्रमित तिव्र रुपमा बढ्दै गएको छ ।

बुधबार मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार बिहान दुई जना, दिउ“सो र साँझ २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा संक्रमण देखिएको बताए ।

योसँगै संक्रमितको संख्या नेपालमा २४३ पुगेको छ । बुधबार दिउँुोमात्र बा“के र कपिलवस्तुमा दुई जना संक्रमण देखिएको थियो । बुधबार संक्रमण भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् ।

नयाँ संक्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ संक्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् ।

यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ संक्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् ।

मंगलबार अहिलेसम्मकै धेरै संख्यामा ८३ मा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]