जनकपुर ३० बैशाख । क्लिनिकमै बिरामीलाइ बलात्कार गरेकाे आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् ।
प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक पक्राउ परेका हुन् ।
लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा आएको वेला ती चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिएकी थिइन् ।
पीडित युवतीको उजुरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
प्रहरीले चिकित्सककाे नाम सावजनिक गरेकाे छैन ।