About Contact
१९ फाल्गुण २०७७, बुधबार
Close
बिज्ञापन
कालापानी क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरी

सम्झौता रद्द गर्न प्रस्ताव, भीआईपीका सुरक्षाकर्मी सीमामा खटाइने

खोज केन्द्र मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले भारतीय पक्षले अतिक्रमण गर्दै आएको कालापानी क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने भएको छ ।

सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले त्यस क्षेत्रमा सशस्त्र प्रहरीको टोली खटाउन लागेको हो । संघीय संसद्का दुवै सदनमा भारतले नेपाली भूभाग लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सरकारले त्यस क्षेत्रमा सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

उनले सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एक–दुई दिनभित्रै कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना गर्न लागिएको जानकारी दिए ।

मन्त्री ज्ञवालीले माथिल्लो दार्चुलामा नेपाली सुरक्षा निकायको उपस्थिति नहुनुका कारण पनि त्यस क्षेत्रमा अतिक्रमणको समस्या भएको बताए ।

‘हेलिकोप्टरबाट त्यस क्षेत्रमा सुरक्षाकर्मी पठाउने तयारी छ,’ मन्त्री ज्ञवालीले भने, ‘चिसो र हाइअल्टिच्युडका कारण केही ढिलाइ भएको थियो ।’ उनले अहिले भारतसँगको सीमामा २२ हजार ६ सय सशस्त्र प्रहरी खटाइएको बताए । तर, पछिल्लो लकडाउन व्यवस्थित गर्न यति संख्यामा सशस्त्र प्रहरी खटाइएको उनले जानकारी दिए । उनले भारतसँगको सीमामा स्थायी सुरक्षा चौकी १ सय १२ बाट बढाएर १ सय २० पु-याइएको बताए ।

सरकारले अहिले कोरोना संक्रमितलाई रोक्न थप १ हजार ९३ अस्थायी पोस्ट राखेको छ । ‘बिस्तारै यी पोस्टलाई पनि हामी व्यवस्थित गर्छौं,’ उनले भने, ‘बिस्तारै स्थायी बनाउने तयारी छ ।’

‘हामीले दुई पक्षबीच सहमत भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट वार्ता सुरु गरौं भन्ने हो,’ ज्ञवालीले भने, ‘हामी प्रधानमन्त्री, परराष्ट्रमन्त्री जुनसुकै तहमा वार्ता गर्न चाहन्छौं ।’ उनले भारतलगत्तै चीनसँग पनि सरकारले त्रिदेशीय बिन्दु टुंगो लगाउन छलफल गर्ने बताए ।

लिपुलेकका विषयमा भारत र चीनले नाका बनाउने समझदारी गरेको र उक्त भूमि नेपालको भएकाले चीनसँग कुराकानी गर्नुपर्ने आवश्यकता महसुस भएको उनले बताए ।

‘पहिला भारतसँग कुराकानी गर्छौं किनभने अहिले उठेको विषय दुई पक्षीय हो,’ उनले भने, ‘एउटा बिन्दुमा पुगेपछि हामी चीनसँग पनि वार्ता गर्छौं ।’

सम्झौता रद्द गर्न प्रस्ताव
यसैबीच भारत–चीनको लिफु भन्ज्याङलाई व्यापारिक मार्ग बनाउने भारत र चीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न र नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडु, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । संकल्प प्रस्तावमा संसदीय समितिको निर्देशनअनुसार सुगौली सन्धि १८१६ अनुसार नेपालको नक्सा प्रकाशन गर्न सरकारसँग माग गरिएको छ ।

भीआईपीका सुरक्षाकर्मी सीमामा खटाइने
भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने तयारी गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । उनले भने, ‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकामा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ ।’

पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूको घरमा अहिले पनि नियमविपरीत सयांै सुरक्षाकर्मी छन् । गृह मन्त्रालयले कार्यविधि बनाएर ती सुरक्षाकर्मी हटाउने गृहकार्य थाले पनि त्यसले हालसम्म मूर्तरूप लिएको छैन ।

सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमामा सुरक्षा संयन्त्र बढाउने योजना बनाएको सरकारले त्यहीअनुरूप यस्तो निर्णय गरेको हो ।

वार्ता तत्काल गर्न नेपालको माग
नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे भारतीय पक्षसँग वार्ता गर्न धेरै समय पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको छ ।

जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ । ‘अस्ति भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरें । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ,’ परराष्ट्रमन्त्री ज्ञावलीले भने, ‘हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ ।’ उनले नेपालले पर्खनेभन्दा पनि छिटो समाधान गर्नुपर्ने बताए ।

समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए । भर्चुअल वार्तामा डाटा सुरक्षालगायतको प्रश्न उठ्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले भने, ‘२ नोभेम्बरदेखि निरन्तर ताकेता गरिरहेका छौं ।’

बुधबार प्रहरी टोली हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा
कालापानीनजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरिसकेको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकोप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पु¥याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको कमान्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरूले सीमा सुरक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् ।

कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राख्न लागिएको हो ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]