About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश २ मा राहतका लागि ४५ करोडभन्दा बढी निकासा, दोस्रो चरणको राहत वितरण शुरू

खोज केन्द्र सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश सरकारले दोस्रो चरणको राहत वितरण शुरू गरेको छ । महामारीका कारण प्रभावित रहेका प्रदेशका गरीब, विपन्नलाई राहत दिन सरकारले दोस्रो चरणको राहत शुरू गरेको हो ।

स्थानीय सरकारमार्फत वितरण भएको पहिलो चरणको राहतमा धेरै गुनासो आएपछि सरकारले दोस्रो चरणको राहत आफै वितरण गर्ने घोषणा गरेको थियो ।

प्रदेश सरकारले दोस्रो चरणको राहत वितरण सोमवारदेखि शुरू गरेको छ । जनकपुरधाम–७ बाट प्रदेश सरकारले दोस्रो चरणको राहत वितरण थालेको हो । दोस्रो चरणमा प्रदेश सरकारले प्रत्येक प्रभावित परिवारलाई चामल २५ केजी, मुसुरोको दाल २ केजी, खाने तेल एक लिटर, सोयाबिन ५०० सय ग्राम र हात धुने साबुन राहतस्वरूप वितरण गरिरहेको छ । पहिलो चरणकै राहत वितरण बाँकी छँदा प्रदेश सरकारले दोस्रो चरणको राहत वितरण शुरू गरेपछि अनियमितता हुन सक्ने भन्दै कतिपय स्थानीयले भने गुनासो गरेका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव ‘लकडाउन’का कारण जो सुकै प्रभावित भए पनि कोही भोकै नबस्ने दाबी गर्छन् । कोरोना महामारी रोक्न ‘लकडाउन’ बाध्यता रहेको बताउँदै उनले यसबाट प्रभावित गरीब तथा विपन्न जो सुकै भए पनि राहतका लागि प्रदेश सरकार पछि नहट्ने उनले बताए ।

‘कोरोना रोकथाम गर्न लकडाउन अहिले बाध्यता भएको छ, यसमा सम्झौता गर्न सकिन्न,’ उनले भने, ‘कामधन्दा बन्द भएर हजारौं मानिस घरमै बस्नुपरेको छ । गरीब र विपन्न बढी समस्यामा छन्, तर प्रदेश सरकार योजना बनाएर अघि बढेको छ । कोही भोकै बस्नुपर्दैन ।’

पहिलो चरणमा स्थानीय तहमार्फत गरीब तथा विपन्नहरूलाई राहत वितरण भइसकेको भन्दै यादवले अहिले दोस्रो चरणको राहत वितरण शुरू भइसकेको बताए । दोस्रो चरणको राहत वितरण गर्ने जिम्मेवारी प्रदेश सरकारले उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई दिएको उनले जानकारी दिए । अहिले लकडाउनको विकल्प नरहेको भन्दै मन्त्री यादवले प्रदेश सरकार योजनाबद्ध ढंगले रणनीति बनाएर अघि बढ्ने दाबी गरे । 

कोरोना महामारीका कारण प्रभावित नागरिकलाई राहत दिन भन्दै प्रदेश सरकारले ४५ करोड रुपैयाँ निकासा गरिसकेको छ । लकडाउन शुरू हुनासाथ राहतका नाममा सरकारले पटक पटक गरेर सरकारी कोषबाट उक्त रकम निकासा गरेको हो । तर वास्तविक पीडितले राहत पाएका छन् कि छैनन् भन्ने अध्ययन नगरी सरकारले धमाधम खर्च गरिरहेको सरोकारवालाहरूले टिप्पणी गरेका छन् । 

लकडाउन शुरू भएको केही दिन नबित्दै प्रदेश २ सरकारले समस्यामा पर्न सक्ने लक्षित वर्गका लागि राहत प्याकेजको घोषणा गरेको थियो । प्रदेशभित्र रहेका महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ प्रदेश सरकारले तत्काल निकासा ग¥यो । सबै दलको प्रतिनिधित्व हुनेगरी समिति गठन गरेर वास्तविक प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराउन स्थानीय तहहरूलाई निर्देशन दियो । तर, आवश्यक कार्यविधि नबनाउँदा अझै कतिपय ठाउँमा वास्तविक पीडितसम्म राहत पुग्न सकेको छैन ।  

सरकारले राहत वितरणका लागि पहिलो चरणमा झण्डै ११ करोड ८५ लाख रुपैयाँ निकासा गरिसकेको छ । तर, स्थानीय तहमार्फत वितरण भएको राहत अधिकांश स्थानमा विवादित बन्यो । राहत वितरणमा मुख्य भूमिकामा देखिएका वडाध्यक्षहरूले वास्तविक गरीब तथा विपन्नको पहिचान नगरी मतदाताको आधारमा राहत वितरण गरेको आरोप अधिकांश स्थानीय तहका बासिन्दाले लगाए । कतिपय स्थानीय तहमा राहतमा विभेद भएको भन्दै झडप समेत भयो ।

पहिलो चरणको राहत प्रभावकारी हुन नसकेपछि दोस्रो चरणमा प्रदेश सरकारले स्वयम् राहत वितरण कार्य शुरू गरेको छ । प्रदेशको आठओटै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयलाई खाद्य लगायत वस्तु खरीद तथा वितरणको जिम्मेवारी दिएको छ । दोस्रो चरणको राहतका लागि प्रदेश सरकारले ३३ करोड ७० लाख रुपैयाँ निकासा गरेको छ । 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]