About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्ण रूपमा सिल

खोज केन्द्र सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला पूर्ण रूपमा सिल गरेको छ।

कोभिड-१९ को संक्रमणबाट कपिलवस्तु उच्च जोखिममा देखिएपछि एक सूचना जारी गर्दै स्थानीय प्रशासनले जिल्ला पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको जानकारी दिएको छ।

अति आवश्यक वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोलियम पदार्थ, ग्यास, औषधि, पानी, पशुपन्छीको दाना), एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी) बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी गरेको सूचना अनुसार जिल्लाभित्र गुड्ने सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका गतिविधि आज बेलुका ५ बजेदेखि ५ जेठ राति १२ बजेसम्म पूर्ण रूपमा रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २(१) बमोजिम पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेको पाइएमा उल्लेखित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

स्थानीय प्रशासनले खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेको समय निर्धारण गरेको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]