जानकी मन्दिर का महन्थ रामतपेश्वर दास र छोटा महन्थ रोशन दास मन्दिरको सम्पत्ति मा ब्रह्मलुट मचाएका छन । मन्दिरको भेटी र बिबाहमण्डप ठेक्का वापतको करोडौं रकम बर्षौंदेखि ब्यक्तिगत रुपमा खर्च गर्दै आएको तथ्य बाहिर आएकोहो ।
यति मात्र नभएर मन्दिरको सटर भाडा, पोखरी ठेक्का र जग्गा ठेक्काको करोडौं रकम समेत दुई महन्थले आफुखुसी खर्च गर्दै आएको छ । महन्थहरु नै भ्रष्टाचार मा सक्रिय हुंदा मन्दिरको आर्थिक अवस्था जरजर भएको जनता समाजवादी पार्टीका यूवा नेता सिताराम यादव (हनुमान) को तर्क छ ।
´दुई महन्थ प्रकरणमा सञ्चारकर्मी समेत दुई कित्तामा देखियो । दुवै कित्ताको समाचारहरु हेर्दा मन्दिरको पुरातात्विक र पुराना अचल सम्पतीहरु जस्तै, मुर्ती, सुन, चाँदी हिरामोती खरखजानाहरु बाबा तपेश्वरको कन्ट्रोलमा छ जस्तो देखियो भने वाहिरी चल सम्पतीहरु जस्तै श्री जानकी नवमी, विवाहपञ्चमी लगायतका महोउत्सवहरुमा हुने आम्दानी र खर्चहरु बाबा रोशनको कन्ट्रोलमा देखियो । तर यि सवै सम्पती यर्थातमा त राष्ट्रिय सार्वजानिक सम्पती हुन ? ` – जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताए ।
महासेठ भन्छन- ´साधुबाबाको काम पुजापाठ आरती र भजन गर्ने हो न कि आर्थिक गतिविधी ।सम्पतीका दुवै रक्षकबिच कडा बिबाद पनि स्पष्ट छ र प्रशासन तथा सम्बन्धित तिनवटा सरकारहरु मौन, अव यस्को सुरक्षा कसरी होला ?`