About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
लकडाउनको धज्जी उडाउंदै जनकपुरको बैंक

खोज केन्द्र आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी गरीएपनी लकडाउनको धज्जी उडाउंदै जनकपुरको बैंकहरु सकृय भएको छ । 

प्रदेस २ को राजधानी जनकपुरमा प्रहरी प्रशासन तथा सरोकारवालाहरुको लापरवाहीको फाईदा उठाउंदै जनकपुरको बैंकहरु कोरोना महामारीलाई झन फैलाउने तर्फ उन्मुख देखिएको छ । 

बुधबारको क्याबिनेट बैठकको निर्णयमा न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्न विभिन्न क्षेत्रलाई निर्देशन दिइएको थियो । सोही निर्णयलाई टेक्दै आज सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रका कर्मचारी कार्यालय गएका हुन् ।

डेढ महिनादेखि घर र कोठामा सीमित अधिकांशलाई कार्यालय प्रवेश पनि बाल्यकालमा मामाघर गएजस्तै भएको थियो । तर, कतिपयले भने सबै कर्मचारी बोलाएर कार्यालयमा अनावश्यक भीड बढाएको देखियो ।

सरकारको निर्णयलाई टेक्दै नेपाल राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई सेवा सुचारु गर्न निर्देशन शुक्रबारै जारी गरेको थियो । तर, आज काठमार्डौं सहित अधिकांश बैंकका शाखा कार्यालयमा टनाटन कर्मचारी देखिन्थे । यद्द्पी जनकपुरमा बैंकका सेवाग्राही खचाखच भडिएको थियो । 

केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा अत्यावश्यक सेवाको लागि बढीमा एक तिहाइ कर्मचारी मात्र उपस्थित गराउन भनिएको छ ।

सम्भव भएसम्म कर्मचारीलाई घरबाटै इन्टरनेटमार्फत् कार्य गर्न लगाउन पनि निर्देशन दिइएको छ । तर, सडक बजार नै जाम हुनेगरी यातायातको सवारी साधन लिएर कार्यालय पुगेका कर्मचारीले नै संक्रमणको जोखिम नबढाउलान् भन्न सकिने अवस्था देखिएन । 

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]