About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
थकित शरीर, मलिन अनुहार, अनिदो आखाँ र सीमामा पहरा ´सशस्त्र प्रहरी`

खोज केन्द्र बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषाको भडरिया नाकामा खटिएका सुरक्षाकर्मी हतासजस्ता देखिन्थे । थकित शरीर, मलिन अनुहार र अनिदो आखाँले उनीहरु दुखजिलो गरेर सीमामा पहरा गरिरहेको झल्किन्थ्यो ।

सशस्त्र प्रहरी धनुषाका गणपति एसपी राजेश उप्रेतीले धनुषाको भडरिया नाकामा खटिएका सुरक्षाकर्मीलाई सोधे,‘गाहृो–सारो के छ ?’ यो प्रश्नमा प्राय: सबैजना चुपै रहे । तर, उनीहरुको अँध्यारो मुखले सबै बोलिरहेको थियो ।

‘यतिबेला बोर्डरमा गरिने दुखको इतिहासले मूल्यकांन गर्छ । त्यसैले हरेश नखाई डिउटी गर्नुस्,’गणपतिले फेरि भने ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि सरकारले चैत ९ गते सीमा सिलको घोषणा गरेलगत्तै दशगजामा सशस्त्र प्रहरीको तैनाथी बढाइएको थियो । नेपाल–भारत आउजाउ गर्नेलाई रोक्न करिब ३६ दिनदेखि दशगजामा निगरानी राखिरहेको सशस्त्र प्रहरीले भने दुखजिलो गर्दै पहरा दिइरहेका छन् ।

प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ । धनुषाको सीमा क्षेत्रमा ७ सय ५० भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् ।

सशस्त्र प्रहरीले सीमामा पहराका लागि तीन चरणमा डिउटी खटाउँछन् ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ८ घण्टा, साँझ ६ बजेदेखि राति १२ बजेसम्म ६ घण्टा र राति १२ बजेदेखि बिहान १० बजेसम्म १० घण्टा गरी तीन चरणमा सुरक्षाकर्मी सीमामा तैनाथ हुन्छ ।

डिउटीमा खटिने हरेक सुरक्षाकर्मीलाई एउटा चाउचाउ र एक बोतल पानी दिइन्छ । करिब ५ सय मिटरको दूरीमा एक–अर्कालाई देखिनेगरी डिउटी मिलाइएको छ ।

‘डिउटीमा जानेहरु खाना खाएरै जान्छन,’धनुषाको ठाडीझिजाका बिओपीका इन्सपेक्टर प्रचण्ड पण्डितले भने,‘डिउटीमा खटिएको ठाउँ टाढा हुने भएकाले चाउचाउ र पानी लिएरै जान्छन् । दुख त छँदैछ ।’उनका अनुसार पानी, चट्याङ र हावाहुरी चल्दा डिउटीमा खटिनेको बिजोग हुन्छ । ‘पानी पर्दा ओत लाग्ने ठाउँ हुन्न ।

चटयाङ पर्दा रुखमुनि बस्नु भएन । समस्या त कति छ कति,’सशस्त्र प्रहरी धनुषाका एसपी उप्रेतीले भने,‘खान र बस्नको प्रबन्ध मिलाइएको छ । अन्य समस्या पनि बिस्तारै हल गर्ने प्रयास भइरहेको छ ।’

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]