कोभिड–१९ महामारी रोकथामका लागि जारी गरिएको बन्दाबन्दी ५ जेठसम्म लम्ब्याउने निर्णय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दी लम्ब्याउने निर्णय भएको हो ।
गएको ११ चैतदेखि कायम बन्दाबन्दी २५ वैशाखमा सकिदैछ । बन्दाबन्दी थप गरिएकाे याे छैटाैं पटक हाे । १४ वैशाखमा बसेकाे मन्त्रपरिषदकाे बैठकले २५ वैशाखसम्म बन्दाबन्दी कायमै राख्ने निर्णय भएकाे थियाे ।
नेपालगञ्जमा एउटै ठाउँमा २३ जनामा संक्रमण देखिए पछि थप खतरा देखिएकाे छ । अहिलेसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएकाे छ ।