About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरको एक अपहरण काण्ड: प्रहरीको भुमिका संसास्पद !

खोज केन्द्र बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरको एक अपहरण काण्ड लुकाउने दबाउने प्रयास भएको खुलेको छ । अपहरण घटना दबाउने प्रयास मा केही नेता तथा समाजिक अगुवा नै सक्रिय रहेको पिडितको गुनासो छ यतिमात्र नभएर प्रहरीको भुमिका संसास्पद पाईएको छ ।

घटना हो, जनकपुर उप-महानगरपालिका जनकपुर-१७(कटरैत ) निवासी राजेन्द्र मुखिया बिन अपहरण तथा कुटपिट ।

कटरैत कै केही ब्याक्तीहरु १२ गते, वैशाख २०७७ का दिन जनकपुर पुलचौकबाट शिवपुरजाने उतर पट्टि तर्फ ५ सय मिटर दुरीमा रहेको गडही कुट्टी बाट मुखियालाई अपहरण गरियो । त्यस पश्चात उनीहरुले जबर्जस्ती खल्तीको पैसा, खोसे र कुटपिट गर्दै औठा छाप लगाई कागज (तमसु) समेत बनाएको पिडितको भनाइ छ।

अपहरण गर्ने ब्याक्तीहरु कटरैत कै रहेको समेत खुलेको मुखिया सुनाउंछन ।

कटरैत निवासी बर्ष ४५ का बिशुन यादबको छोरा तेजनारायण यादब(तेजो), बलीराम यादबको छोरा बर्ष ५५ का बिन्देश्वर यादब (बिन्दे), सुब्धा यादबको छोरा बर्ष ३८को दयाराम यादब र रामदेब यादबको छोरा बर्ष ३५को दिपक यादब( दिप्पो) लगायतका ब्यक्तीहरुले अपहरण गरी तमसुक बनाएको मुखिया बताउँछन ।

आफुलाई अपहरण तथा कुटपिट गर्ने र तमसुक बनाउने बिरुद्व जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिंदा समेत कुनै कार्वाही अनुसन्धान अगाडी नबढाएको पिडितको गुनासो छ ।

उनीहरुलाई कडा भन्दा कडा सजायको मांग गरेका छन । पिडितको जनकपुर प्रादेशिक अस्पतालमा उपचार गरिए पश्चात यो काण्ड बाहिरिएको हो । यद्द्पी प्रहरी अधिकारीहरु यस घटन सम्बन्धमा बोल्न मानेका छैन्न ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]