About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
एक करोड ९ लाख सहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

खोज केन्द्र मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर /संवाददाता । भन्सारमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाच को क्रम्मा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ ।

भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छ । भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कार्टुनमा राखिएको अवस्थामा रकम बरामद भएको हो ।

अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको ट्रकका चालक पप्पु कुमार र सहचालक रबि शर्मालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । बरामद रकम कसले भित्र्याएको हो भन्ने अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ ।

खाली गाडी भएका कारण भारतीय पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको कार्टुनमा गुट्खाको र्र्यापरले बेरेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले पुष्टी गर्नुभएको छ । सो रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]