About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
१६ एसपीको सरुवा, २ नम्बर गणको जिम्मेवारीमा सिँह

खोज केन्द्र मंगलबार, बैशाख २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, २२ बैशाख । प्रहरी प्रधान कार्यालयले १६ जना एसपीको सरुवा गरेको छ । यसअघि काज सरुवा भएकाहरुलाई सम्बन्धित कार्यालयमै दरबन्दी कायम गरिएको छ ।

पर्सामा गंगा पन्त, बारामा कृष्ण पंगेनी, चितवनका नान्ति गुरुङ, तीन महिनाअघि नै गएकोमा उनीहरुको त्यही पदस्थापन भउको छ ।

कैलालीका अनुपमशमेशर जबरा, पश्चिम नवलपरासीका अजय केसी, बर्दियाका केदार रजौरे, दाङका गणेश चन्द र सुनसरीका कमल थापा, चितवनका नान्तिराज गुरुङ, बाग्लुङका शारदा चौधरी र कर्मचारी प्रशासनका जनार्दन जीसीको सरुवा भएको छ । उनीहरुको यसअघि नै काज सरुवा भएको थियो ।

बढुवामा छुटेका एसपी सुरेन्द्र मैनालीलाई पहरा गण तथा चक्रबहादुर सिंह २ नम्बर गणको जिम्मेवारी दिइएको छ । दिनेशराज मैनाली यूएन जगेडा, विकासराज खनाल ५ नम्बर प्रदेश दंगागण, बिमलराज कँडेल स्याङ्जा, मनोजकुमार यादवकाे १ नम्बर प्रदेश दंगा गण सरुवा भएको छ ।

थप एसपीको सरुवाको तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । मोरङ, कास्की, सिरहा, सप्तरी, महोत्तरी, कपिलवस्तु, पाल्पा, लगायत जिल्लाका एसपीहरुको हेरफेर हुन लागेको छ ।

ठूलो संख्यामा डिएसपीको पनि सरुवा हुन लागेको छ । एसपीमा बढुवा भएर रित्त भएका कार्यालयहर समेत रिक्त छन् । सरुवामा ठूलो दबाबका कारण समयमा निर्णय हुन सकेको छैन । उपत्यकाका धेरै वृत्त इन्चार्जहरु फेरिने सम्भावना छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]