About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
थला परे ओली: न भिजन न मिशन – यूवा नेता झा

खोज केन्द्र शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

यतिबेला विश्वजगतनै कोभिड १९ को त्रासमा बाँचिरहेको छ । नेपालमा पनि सरकारले कोरोना संक्रमण रोक्न गत चैत्त ११ गतेदेखिनै लकडाउन लगाएका छन् । नागरिकहरु आफ्नै घरमा बन्दी भएका छन् । महिनौं देखि श्रमिक वर्गहरु रोजगार गुमाएको हो । कामकाज बन्द छ  । विपन्न वर्गहरुलाई छाक टार्न मुस्किल भैरहेका छन् । उनीहरुले राहतको लागि सरकार खोजिरहेको छ ।

तर अहिले सम्म केन्द्र सरकारले नागरिकहरु प्रति गम्भीर भएको देखिदैन दैनिकी ज्यालादारी गरी खानेहरु भोकभोकै बस्न बाध्य भएका छन गाँउघरबाट कामको सिलशिलामा काठमाण्डौं गएका नागरिकहरुको आवस्था पनि उस्तै छन् यातायात सुविधा नपाएर सहरमा भोकै बसेका छन् । उनीहरु घर फर्किन चाहन्छ । तर सरकारले न उनीहरुको लागि न राहत उपलब्ध गराउन सकिरहेको छ न घर फर्काउन सकिरहेको छ । 

काठमाण्डौंमा फसेका नागरिकहरुले लामो दुरी भएपनि घरजान पैदल हिड्न बाध्य भएको छ ।

यसै विषयमा सरकारलाई पार्टी भित्र र बाहिरबाट आलोचना भैरहरेको छ । संकटका बेला सरकारको भुमिका बारे प्रश्न उठे प्रधानमन्त्री केपी ओली आसिन कुर्सीमाथिनै खतरा देखे र त्यही खतराबाट तर्सिएर बजाइयो बेमौसमी बजा र ल्यायो पार्टी फुटाउने आध्यादेश त्यसको सर्वत्र आलोचना हुदाँ थेग्नै नसकेर फिर्ता गर्न बाध्य भयो ।

केपी ओलीलाई सरकार संचालनको लागि सुविधाजनक बहुमत हुदाँहुदै पनि रातारात दल विभाजन गर्ने आध्यादेश ल्याउनु तत्कालीन समाजबादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई महोत्तरी अपहरण गरेर काठमाण्डौं ल्याउनु के यो ५ वर्षको स्थिर सरकारनै अस्थिरताको खेल खेल्न लागेको हो ?

केपी ओली आध्यादेश ल्याउनको लागि मन्त्रिपरिषदमा छलफल गर्दैगर्दा भनेका थिए यो नेकापा पार्टी फुटाउनको लागि होईन समाजबादी फुटाउन ल्याउन लागेको हुँ । 

झण्डै दुइतिहाइको शक्तिशाली सरकारले एउटा सानो राजनीतिक दल फुटाउनु दुई जना सांसद सहित पूर्व आइजीपी पठाएर सांसद अपहरण गर्न लागाउछ के लोकतन्त्र हुदै ओलीतन्त्र उन्मुख भएको हो त ?

जबकी कुनैपनि राजनीतिक दल राष्ट्रिय दलको मान्यता पाउनको लागि ३ प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्नेहुन्छ । तैपनि प्रधानमन्त्रीले सांसद किनबेच गर्ने उदेश्यका साथ आध्यादे ल्याएको थिए र मुलुकमा अस्थिरताको खाल्डो खन्न खोजिएको हो मुलुकमा स्वेच्छाचारी शासनको सुरुवात गर्न खोजिएको हो त्यसको शार्थी बनेका छन राष्ट्रपति विद्या भण्डारी मुलुकको आवश्यकता छ की छैन संविधानको हितमा छ की छैन त्यसको ख्याल नगरी प्रधानमन्त्रीको अज्ञापालक बनेका छन । धमाधम लालमाहर लगाउदै गएका छन् ।

जतिबेला देशमा मधेशी जनतााको भवना विपरीत देशका ठुलो राजनीतीक दलहरु मिलेर संविधान बनाई रहेका थिए त्यसका विरुद्धमा मधेशी जनता आन्दोलित भएर ६ महिनासम्म सहर केन्द्रित आन्दोलन गरिरहदाँ तैपनि ठुला भनिएका राजनीतिक वेवस्ता गरे मधेशी जनता बाध्य भएर नेपाल भारतको सिमानामा गएर नाकाबन्दी लगाए त्यही नाकाबन्दी र मधेशी जनतालाई काठमाण्डौंबाट केपी आली गाली गरेर पहाडमा कथित राष्ट्रबादी छवि निर्माण गर्न सफल भए ।

त्यसकै फलस्वरुप पछिल्लो निर्वाचनमा जनताले झण्डै दुईतिहाईको म्याण्डेट दिएर देशकै ठुलो पार्टी बनाई दियो तर केपी ओलीले निर्वाचनमा जुन किसिमको भाषण गरे जनता सँग जुन प्रतिबद्धता व्यक्त गरेका थिए त्यसको विपरीत गएको छ ।

निर्वा्चित भएको अढाई सालमा जनताको घरघरमा ग्यासको पाईप आएनन् पानीजहाज आएनन् आयो त केवल केपी ओलीको नक्कली राष्ट्रबादी चरित्र उनले विगतमा जे जस्ता सपना बाँडेका थिए त्यसको एउटै उदेश्य रहेको छ सत्ताभोग र अहिले जनतालाई भ्रमित गरेर सत्ता हासिल गर्न सफल भएका छन् ।

अहिले जनताको सामुने उहा भित्र पलाएको तनाशाही र स्वेच्छाचारी प्रवृतिको उदाङ्गो भएको छ उहाले भाषणमा जतिसुकै भ्रष्टाचार विरोधी बजाबजाए पनि वास्तवमा भ्रष्टाचारीको संरक्षक हो । नत्र अहिले सम्म बालुवाटार जगा प्रकरण मुछिएको आफ्नै पार्टीका नेता विष्णु पौडेललाई किन कारबाही भएन ? आफैले काखी च्यापले संचारमन्त्री गोकूल बास्कोटाको ७० करोड कमिसन अडियो टेप सर्वाजानिक भएपनि उनीमाथि अनुसन्धानको प्रकृया किन अगाडी बढेन ?

बाहिर लोकतन्त्रको बजाबजाएर भित्रभित्रै उनी देशमा तनाशाही र एक दलीय व्यवस्था लादन खोजेको हो तर नेपाली जनता दासत्व कसैको स्वीकार गर्नेवला छैन त्यसको हेक्का प्रधानमन्त्रीले राख्नुपर्छ ।

त्यसको शारथी बनेको छ राष्ट्रपति विद्या भण्डारी आखाँ चिम्लिएर लालमोहर लगाउदै आएको छ । 

लेखक 

प्रशान्त झा 

यूवा नेता, जनता समाजवादी पार्टी

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]