About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
नेकपाका विवाद र जड !

खोज केन्द्र शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कान्तिपुरमा शर्माजीको नियुक्ति भएदेखि उनि प्रचन्डलाई प्रम र नेकपाको अध्यक्ष बनाउन लागिपरेका छन्। यो माओवादीको शहर घेर्ने, ढाडमा टेकेर टाउकामा हान्ने नीतिसंग संबन्धित छ। त्यसैले उनि ओलीलाई खुइल्याएर प्रचन्डको छवि राम्रो बनाउन उद्दत छन्।माधव नेपाल गुट गोटीका रुपमा प्रचन्डले परिचालित गरेकाछन्। उहाँलाई साथमा साथ दिने नयाँ पत्रिका (उमेश चौहान) मुखपत्र नै बनेकाछन।

सरसरी हेर्दा नेकपाको लडाईं पूर्व एमालेको लडाई जस्तो देखिए पनि खासमा तेस्तो हैन। बरु यो प्रचन्डको नेकपाको एक्लो अध्यक्ष तथा प्रम भएर माओवादीको रणनीति अनुसार देश कब्जा गर्ने योजना हो। माओवादी पार्टी मैं रहेर यो संभव थिएन, त्यसैले एमालेलाई उपयोग गर्ने रणनीति बन्यो।

तेहि अनुसार एकताको विषयमा कार्यकर्तालाई प्रशिक्षण गराइयो।केपिओलीको स्वास्थ्यले उनको योजना अझै चाँडै कार्यान्वयन हुने देखे प्रचन्डले, तेसैले एकता गरे। एकता भएपछि पनि पूर्व एमाले एकै ठाउँमा रहुन्जेल उनको योजना पुरा हुने थिएन, त्यसैले नेपाल गुटलाई ओलीसंग भिडाउने वातावरण तयार गरे।

बिगतका २ बर्ष ओलीसंग मिले जस्तो गरि उनले नेपाललाई ओलीबाट टाढा बनाए। ओलीले नेपाल गुटलाई पेल्दा उनि ओलीसंगै उभिएर नेपाललाई सहानुभुति मात्र दिए, नेपालको पक्षमा बोलेनन्। तर ओलीले जब मृगौला फेरे प्रचन्डको
योजनामा तुषारापात भो।

यस अघि नै ओलीले सचिवालय बैठकबाट ५ बर्ष आफू प्रम बन्ने र महाधिवेशन अघि सम्म प्रचन्ड कार्यकारी अध्यक्ष बन्ने समझदारी पास गराएका थिए। यो बेला प्रचन्डले ओलीको राजिनामा माग्न नैतिक रुपमा मिल्दैन थियो, तेसैले उनले माधव नेपाललाई उपयोग गरे।

ओलीबाट पेलिएका नेपाललाई पनि ओलीलाई देखाइदिन मन नलाग्ने कुरै भएन। ५ बर्षको कार्यकाल सफल भएमा ओली अर्को कार्यकाल पनि प्रम बन्न मन गर्ने निश्चित नै देखेर यो सरकारको सकेसम्म खेदो खन्न आफु नजिकका पत्रकार मिडियाको प्रयोग गरेकाछन् । अहिलेको नेकपाको विवाद यहि वरिपरी हो।

शम्भु साह

यूवा नेता, नेकपा

सम्बन्धित

ताजा अपडेट
सुन्दर, सफा र राम्रो जनकपुरधाम बनाउने सपना बोक्नुसः मन्त्री श्रेष्ठ
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]