सर्वसाधारण घरभित्रै रहे पनि सरकारको पक्षमा लाग्नेहरूले जुलुस निकालेका छन् । राजनीतिक भेटघाट तीव्र छ । तर, अर्थतन्त्रबारे कसैलाई चिन्ता छैन ।
जनताको जीविका खोसिँदै छ । निजी कम्पनीहरूले कामदारलाई तलब दिइरहेका छैनन् । कतिपयले कर्मचारीलाई बिदा नै दिइसके । कतिपयले चैत महीनाको तलब आधा दिएका छन् । तर, सरकार भने पार्टीहरू फुटाउन लागिपरेको छ ।
सत्तारूढ दलभित्र प्रधानमन्त्री र मन्त्री बन्न चलखेल भइरहेको छ । सांसद किनबेचको पुरानो रोग फेरि बल्झिन थालेको छ । कोरोनाविरुद्धको अभियान सुस्त छ, लकडाउनपछि देशलाई कसरी सहज रूपमा अगाडि बढाउने कुनै योजना छैन ।
यस्तोमा यो लकडाउन सत्तारूढ दलभित्रको चलखेल बढाउन र त्यसलाई रोक्नका लागि मात्रै हो कि जस्तो प्रतीत हुन थालेको छ ।
विनय महर्जन
नयाँबजार, काठमाडौं ।