About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मधेसको लाईफ लाईन हुलाकी राजमार्गको निर्माण सुरु

खोज केन्द्र बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ ।

करीब रू. ८५ करोड ८५ लाखको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा शुरु गरिएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको ठेक्का सम्झौता २०७४ पुस १२ गतेदेखि २०७७ असार ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको स्वच्छन्द, पप्पु, हिम, सगरमाथा जेभी आयोजनाका इन्जिनीयर अमरेन्द्रकुमार यादवले बताए ।

तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको निर्माणका क्रममा सडकमा माटो हाल्ने कामदेखि गिट्टी, बालुवा हाल्ने काम सम्पन्न गरी अहिले सो सडकमा कालोपत्रे हाल्ने काम गर्न लागिएको बताइएको छ ।

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएकाले लकडाउनको समयमा भए पनि सो कामलाई निरन्तरता दिएको बताइएको छ ।

लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेकाले सो काम अगाडि बढेको हो । रासस

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]