About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
कुहिएको राहत शहिदनगर नगरपालिकालाई स्थानियले गरे फिर्ता, कमिसनको चक्करमा नगरवासीको स्वास्थ्य संग खेलवाड

खोज केन्द्र बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कुहिएको राहत बितरण गरेपछि शहिदनगर नगरपालिकालाई स्थानियले गरे फिर्ता गरेका छन । नगरपालिकाले कमिसनको चक्करमा नगरवासीको स्वास्थ्य संग खेलवाड गरेको स्थानियहरुको आरोप छ । 

एक महिना लामो लकडाउनकाबीच छाक टार्न समस्या भएपछि धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वितरण गर्न लागेको राहत लिन गए ।

वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको एउटा पोका दिइयो । भात खान पाइने भएपछि उनी ती सामग्री नयाँ उमंगका साथ घर ल्याए ।

तर, उनको खुशी भने पोका खोल्नेबित्तिकै हरायो । पोकाभित्र दैनिक उपभोग्य सामग्री त थियो नै तर, त्यसभित्रका चामल र आलु कुहिएको पाइयो । 

‘राहतको पोका लिएर आउनेबित्तिकै के–के छ भनेर हेर्न थालेँ’ साहले भने, ‘खोल्नेबित्तिकै चामल सडेको र आलु पनि कुहिएको पाइएको छ ।’

सडेको चामल र कुहिएको आलु राहत स्वरुप लिनेमा चन्दर मात्रै होइनन् । यो गाउँका चमेलीदेवी, नथुनी यादव, रामाशिष खत्वे, संजय साफी, जगदीश महरासहित धेरै व्यक्ति छन् । वडा कार्यालयले वितरण गरेको राहत सडेको र कुहिएको पाइएपछि उनीहरु आक्रोशित भएका छन् ।

दिइएको राहत पनि सडेको पाइएपछि विपन्नहरुले वडा अध्यक्ष जैसीलाल भिडबार र मेयर उदय बरबरियाविरुद्व नाराबाजी गरेका छन् । उनीहरुले यस्तो राहत दिने जनप्रतिनिधिलाई कारवाहीको मागसमेत गरेका छन् ।

शहीद नगरपालिकाले प्रत्येक विपन्न परिवारलाई १० किलो चामल, २ किलो दाल, १ लिटर खाने तेल र १ प्याकेट नून उपलब्ध गराउने निर्णय गरेको थियो । वडा अध्यक्ष जैसीलाल भिडबारले कतै पनि सडेको र कुहिएको सामग्री राहतमा वितरण नगरिएको दावी गरे । 

उनले विपक्षी दलहरुले आफूलाई बदनाम गर्न यस किसिमको षड्यन्त्र गरिएको बताए ।

उनले ५ सय ४० परिवारलाई राहत वितरण गर्दा कसैले पनि कुहिएको नदेख्ने अनि केही व्यक्तिकै राहत यस्तो देखिनु भनेको आफूलाई बदनाम गर्नु मात्रै भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]