About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश-२: प्रहरीको मिलोमतोमा अवैध मदिरा भट्टी संचालन, महोत्तरीमा ५ जनाको मृत्यु

खोज केन्द्र बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

महोत्तरीको भँहामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ । महोत्तरीको भँगाहा नगरपालिका–७ मा एकै वडाका पाँच जनाको मृत्यु भएको हो ।

भँगाहास्थित नयाँटोल मझौलियामा बुधबार ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरीको भएको हो । त्यसैगरी रौतहट घर भई भँगाहामा काठमिस्त्रीको काम गर्दै आएका ४० वर्षीय महेन्द्र चौधरी र सिकिन्दर सिंहको मदिरा सेवनबाट बैशाख ११ गते मृत्यु भएको वडा अध्यक्ष बासुदेव सिंहले जानकारी दिए ।

वडा अध्यक्ष सिंहले गत महिना धनुषा र महोत्तरीमा अवैध मदिरा सेवनबाट मृत्यु भएको घटनापछि मदिरा भट्टी बन्द गराइएको दाबी गरेका छन् । ‘हामीले यहाँ सबै मदिरा भट्टी बन्द गराइसकेका छौं, सिंहले भने–‘तर एक महिनापछि कहाँबाट आयो मदिरा हामीलाई नै आश्चर्यमा पारेकोे छ ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पनि गत यही बैशाख ११ गते दुई जना र वैशाख १७ गते तीन जना गरी पाँच जनाको मृत्यु भएको पुष्टि गरे। ‘मृत्यु भएका व्यक्तिहरुबिहान मदिराको लत भएको र प्रायः सबैको घरमा मदिरा उत्पादन गर्ने, खाने देखियो’ प्रहरी उपरीक्षक अधिकारीले  भने।

स्थानीयको त्रासलाई हटाउन सिकिन्दर सिंहको शवलाई राति २ बजे नियन्त्रणमा लिई पोष्टमार्टमका लागि अस्पताल ल्याइएको उनले बताए। के कारण मृत्यु भएको भन्ने अस्पतालको रिपोर्टबाट खुल्ने र थप अनुसन्धान भइरहेको  प्रहरी उपरीक्षक अधिकारले जानकारी दिए।

प्रहरीका अनुसार मृतकमध्ये तीन जनाको दाहसंस्कार गरिसकिएको छ । लालबाबु सिंह र सिकिन्द्र सिंहको शव प्रहरीले नियन्त्रणमा लिई परीक्षणका लागि जलेश्वर अस्पताल महोत्तरी पुर्‍याएको छ।

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]