About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
जनकपुरको चामल र तेल गुणस्तरीय छ : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय

खोज केन्द्र बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषा। राहत वितरणको लागि जनकपुरधाम उपमहानगरपालिकाको स्टोरमा रहेको चामल र खाने तेल गुनस्तरीय नै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।

राहत वितरणको क्रममा सोमबार जनकपुर १६ स्थित कपिलेश्वरमा बाँडिएको चामलमा ढुसी र डल्लो परेको चामल फेला परेपछि हल्ला खल्ला भएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले तत्काल खाद्य सामग्रीमा चामल र तेलको परीक्षण गर्नुपर्ने निर्णय गर्नुपरेको थियो ।

त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख तथा वरिष्ठ खाद्य अधिकृत विजय खनाल पनि परीक्षणको लागि चामल र तेल लिन जनकपुर उपमहागरपालिकाको कार्यालय पुगेका थिए । 

उनले उपमहानगरपालिकाभित्र स्टोर गरेर राखिएको विभिन्न स्थानबाट चामलको नमूना दश थान र प्रशोधित सूर्यमुखी खाने तेलको नमूना एक थान परीक्षणका लागि लगेका थिए । 

त्यसपछि बुधवार परीक्षण रिपोर्ट सार्वजनिक गर्दै परीक्षण गरिएको चामल र तेल गुणस्तरीय रहेको बताए ।

यसैबीच स्थानीय युवाहरुले रिपोर्टमाथि प्रश्न चिन्ह खडा गरेका छन् । यी यूवाहरुमा जुनसुकै काममा आलोचना गरेर चर्चित हुन चहने अनौठो चाहना छ । 

(बुधवार) वडा नम्बर १७ मा राहत वितरणको क्रममा पनि बिग्रिएको डल्लो चामल फेला परेपछि वडा अध्यक्ष परमेस्वर यादवले १५/१५ केजीको ७ ओटा चामलको बोरा उपमहानगरलाई फिर्ता पठाएको भनिएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]