About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
स्वास्थ्य सचिवका यादब कोईराला कारण बदनाम हुँदै सरकार

खोज केन्द्र मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मन्त्रीहरुको बोली र आचरणका कारण मात्र होइक कर्मचारीको कारण पनि सरकार बदनाम हुँदै गएको छ । विपदको बेला कतिपय उच्च प्रशासकहरु शासकजस्तो व्यवहार देखाउन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव यादब कोइरालाका कारण पछिल्लो पटक सरकारको आलोचना बढेको छ । दुई महिनाअघि मात्र स्वास्थ्यमा सरुवा भएका कोइरालाविरुद्ध नेपाल चिकित्सक संघले त विज्ञप्ती नै निकालेर विरोध गरेको छ ।

सरुवा रोग बिशेषज्ञ डा.शेरबहादुर पुनलाई मिडियामार्फत गाली गरेका थिए । उनी करारका डाक्टर भएकाले जुनसुकै बेला हटाउन सकिने उनको भनाई थियो । यसले समग्र चिकित्सकहरुको मनोबल घटाउने काम गरेको भन्दै आलोचना भइरहेको छ ।

उनकै सनकका आधारमा डा.पुनलाई कारबाहीको तयारी भएको थियो । कोरोना संक्रमितको उपचारमा खटिएका डा.पुनलाई कारबाही गर्न लागिएको भन्दै चर्काे विरोध भएको थियो ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयको विवादास्पद खरिदमा पनि उनको भुमिका रहेको स्रोत बताउँछ । सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग उनको भनाभन नै भएको थियो । ‘उनको सन्की स्वभावका कारण मन्त्रालयमा सबै रुष्ट छन्,’ एक कर्मचारी भन्छन्,‘स्वास्थ्य जस्तो प्राविधिक मन्त्रालयमा उनलाई केही ज्ञान छैन, तर आफुजस्तो जान्ने बुझ्ने कोही छैन भन्ने स्वभाव छ ।’

उनको कार्यशैलीका कारण पनि अहिलेको विषम परिस्थितीमा स्वास्थ्य मन्त्रालयको काम प्रभावकारी हुन नसकेको कर्मचारीहरुको भनाई छ ।

सचिव जस्तो व्यक्तिले पूर्व सचिव भिम उपाध्यायलाई अपराधी भनेर सामाजिक सञ्जालमै टिप्पणी गरेको विषयमा समेत चर्काे विरोध भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]