About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
सरकारी वकील कार्यलयले पनि लिएन सांसद ‘अपहरण’ मुद्दा

खोज केन्द्र मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सांसद डा. सुरेन्द्र यादव ‘अपहरण’ प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरेको छ । ‘अपहरण’सम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेताहरु मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।

यसअघि सोमबार नेताहरु काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ता गर्न गएको थिए । परिसरले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि आज नेताहरु सरकारी वकीलको कार्यालय पुगेका थिए ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पुर्वराज्यमन्त्री समेत रहेको सांसद चौधरीको अपहरण गरेको जसपाको दाबी गर्दै आएको छ ।

नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत सरकारी वकिलको कार्यालय पुगेकोमा महेश बस्नेतका समर्थकले नाराबाजी गरेका थिए ।

उनीहरुले जसपाका नेतामाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गराउन समेत माग गरेको थिए ।

तनावका बीच सरकारी वकिल कार्यालयले उजुरी अध्ययन गरेपछि मात्र लिने बताएको जसपाको एक नेताले बताए ।

उजुरी दिन अपहरणमा परेका भनिएका सांसद यादव पनि बबरमहलस्थित कार्यालय पुगेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]