About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
चीनमाथि गम्भीर अनुसन्धान गरिरहेका छौँ – ट्रम्प

खोज केन्द्र मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

ह्वाइटहाउसमा भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चीन जिम्मेवार रहेकाले आफ्नो प्रशासनले यसको गम्भीर अनुसन्धान सुरु गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी चीनसँग खुसी छैनौँ, सबै परिस्थितिबाट हामी खुसी छैनौँ, जहाँबाट यो सुरु भएको हो, त्यहीँ नै रोक्न सकिन्थ्यो ।’ उनले कोरोना भाइरसलाई चीनमै रोक्न सकिने र विश्वभर नफैलिने बताए ।

ट्रम्पले लगातार कोरोना भाइरसको महामारीका विषयमा चीनको आलोचना गर्दै आइरहेका छन् । उनले विश्वभर भाइरसको प्रकोप फैलिनमा चीन जिम्मेवार रहेको बताएका छन् ।

प्रेस ब्रिफिङमा बोलेका विषयलाई लिएर ट्रम्पको आलोचना भएपछि उनले दुई दिन प्रेस कन्फ्रेस रोकेका थिए । उनले पत्रकार सम्मेलनमै नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन स्थगित नहुने पनि बताए ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । झन्डै १० लाख संक्रमित छन् ।

 

किमको अवस्था थाहा छ

ट्रम्पले सोही प्रेस कन्फ्रेन्समा उत्तर कोरियाका नेता किम जोङ उनबारे आफूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

पछिल्ला केही साता किमबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा ट्रम्पले भने, ‘म अहिले यसबारे ठ्याक्कै भन्न सक्दिनँ, तर मलाई राम्रोसँग थाहा छ, किम स्वस्थ रहुन् म यही प्रार्थना गर्छु, उनीसँग मेरो धेरै राम्रो सम्बन्ध छ ।’

किम अप्रिल ११ यता सार्वजनिक भएका छैनन् । उनको स्वास्थ्यलाई लिएर धेरै अनुमान गरिएको छ ।

दक्षिण कोरियाले भने उनी सकुशल र स्वस्थ रहेको दाबी गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]