About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
अप्रिल २९ तारिख/वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा छ?

खोज केन्द्र मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 

पछिल्लो समय यता सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे निकै चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ। 

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ।

अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ?

यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखि सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हुँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ। 

पृथ्वी र चन्द्रमाबीचको औसत दूरी करिब तीन लाख ८४ हजार किलोमिटर छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ।

के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त?

यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो। त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो।

यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो। कुनै पनि क्षुद्रग्रहलाई हामीले/खगोल वैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। विगत तीन दशकभन्दा बढी समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले हाल कोही पनि त्रसित हुनुपर्ने अवस्था होइन।

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भइरहेको छ?

सन् २०१७ देखि हामीले नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाइसकेको छ।

उक्त क्षुद्रग्रह एसओएस सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते/अप्रिल २९ तारिखका दिन नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ?

हालैको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरूमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो अब्जरभेटरीले अप्रिल १८, २०२० मा लिएको राडार तस्बिरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ।

त्यसैले नजिक आउँदा पृथ्वी-चन्द्रमाको दूरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकाले नाङ्गो आँखाले यसलाई देख्न सकिँदैन। यसलाई अवलोकन गर्न ठूलै खालको टेलिस्कोप आवश्यक पर्छ।

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]