About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: लकडाउनको मौका छोपी गिट्टी बालुवा तस्करी

खोज केन्द्र मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

लकडाउनको मौका छोपी रातको समयमा सिरहा, धनुषा, महोत्तरीको वन क्षेत्र र खोलाबाट गिट्टी, बालुवा, ढुंगा र काठ तस्करी हुन थालेको छ । यसैलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सुरक्षाकर्मीले निगरानीसमेत सुरु गरेका छन् ।

चुरे क्षेत्रको नदि तथा किनाराबाट तस्करी गर्दै आएका छन । स्थानियहरुले पटक पटक बिरोध गर्दा पनि प्रहरी प्रशासनको मिलोमतोमा अबैध उत्खन्न गर्ने क्रम बढेको स्थानियहरु बताउंछन । 

लहानको खुट्टी खोलालगायतबाट नदीजन्य गिट्टी, बालुवा ओसार्दै गरेको अवस्थामा प्रहरीले सात वटा ट्र्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका डीएसपी शरद थापा क्षेत्रीले बताए ।

नदी क्षेत्रबाट रातको समयमा गिट्टी, बालुवा ओसारपसार हुन थालेपछि सुरक्षा गस्ती बढाइएको उनले जानकारी दिए

यहाँका झिरहरी, सर्रे, गागन, खुट्टी, कमलालगायत खोला/नदीका केही क्षेत्रलाई वनले निषेधित क्षेत्र घोषणा गरेको छ । यसैबीच सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट काठ, ढुंगा तस्करी हुन थालेपछि वनले गस्ती सुरु गरेको छ ।

कृष्ण सामुदायिक वन आसपासबाट रातको समयमा बहुमूल्य सखुवा प्रजातिको रुख काटी तस्करी हुन थालेको उपभोक्ता समितिले वनलाई जानकारी गराएको थियो ।

सिरहाको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले काठ तस्करी हुन नदिन वन गस्ती सुरु गरिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]