About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
नेकपा विवाद उत्कर्षमा: ओली समूहद्वारा मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव

खोज केन्द्र सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढ्न खोजेपछि सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसम्मका योजना अघि बढेका छन् ।

माधव कुमार नेपाल समूह समेत चरम असन्तुष्टि भएपनि ओली समूह फकाउने प्रयासमा छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगको सोमबारको वार्तामा ओली समूहका नेताहरूले मन्त्रिपरिषद् पुनर्गठन गरेर कमी–कमजोरी सच्याउँदै अघि बढ्न प्रस्ताव गरेका हुन् । तर, साढे चार घन्टाको ‘कोटेश्वर वार्ता’विना निष्कर्ष टुंगिएको छलफलमा सहभागी एक नेताले बताए ।

जवाफमा वरिष्ठ नेता नेपालले पार्टी्भित्र एक व्यक्ति ः एक पदको जिम्मेवारी लागू गर्दै, कमजोरी सच्याउने र पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित सहमति भएको अवस्थामा मात्र मिलेर अघि बढ्न सकिने बताएका थिए । नेताहरूबीच लामो अनौपचारिक छलफल भए पनि बालुवाटारका तर्फबाट कुनै ठोस प्रस्ताव नै नआएकाले छलफल विनानिष्कर्ष टुंगिएको नेता सुरेन्द्र पाण्डेले बताए ।

छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी छन् ।

यसअघि ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो । अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पनि खुमलटारमा दुई घन्टा छलफल भएको थियो ।

पछिल्लो समय नेता ओलीले आफु निकट नेता तथा सांसदहरुसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

ओलीको कार्यशैलीसँग रुष्ट भएका नेताहरुले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । ओलीले बैठक बोलाएका छैनन् । मंगलबार सचिवालय बैठक भने बस्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]