About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

खोज केन्द्र बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, ११ बैशाख । ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आज बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो ।

दुवै दलका अध्यक्षसहित नेताहरु बिहीबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन् ।

बुधबार राति राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता गर्ने घोषणा गरेका थिए । उनीहरुबीच नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राख्ने सहमतिअनुसार आयोगमा दर्ता गरिएको हो ।

बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् बैठकमा दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि राजपा फुट्ने चर्चा चलेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]