About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रदेश-२ मा सिंह, केन्द्रीय विभागहरु डिआईजीविहिन

खोज केन्द्र सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, ८ बैशाख । सातै वटा प्रदेशका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

गृहमन्त्रालयले बढुवा भएका १० डिआईजीको सोमबार पदस्थापन भएको छ । १० मध्ये सात जना प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

डिआईजी ईश्वरबाबु कार्की प्रदेश १, धिरजप्रताप सिंह प्रदेश २ , बसन्त लामा, बाग्मती प्रदेश, घनश्याम अर्याल गण्डकी प्रदेश, रबिन्द्र धानकु प्रदेश ५, बसन्त पनत कर्णाली प्रदेश र उत्तमराज सुवेदीलाई सुदुरपश्चिम प्रदेशमा पदस्थापन गरिएको छ ।

सहकुल थापाको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)मा पदस्थापन भएको छ भने सिआईबीका निरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । प्रदेश २ मा कार्यरत प्रद्युम्न काकीको बिशेष ब्यूरोमा सरुवा भएको छ। अरुण बिसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सूर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको छ ।

सरकारले प्रहरीको १२ वटा दरबन्दी कटौती गरेर गत साता बढुवा प्रक्रिया अघि बढाएको हो । बढुवा उपर उजुरी नपरेपछि आइतबार बढुवा गरिएकोमा सोमबार दज्र्यानी चिन्ह लगाइएको छ । दरबन्दी कटौतीपछि प्रहरीका महत्वपूर्ण विभागहरु डिआईजीविहिन बनेका छन् ।

कार्य तथा अपराध अनुसन्धान र प्रशासन तथा मानव स्रोत विकास विभागमा अब एआईजीपछि सिधैं एसएसपी हुने भएका छन् । यसबाट चेन अफ कमाण्डमा समस्या पर्ने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]