धनुषाको नगराईनमा क्वारेन्टाईन मा खटिएका कर्मचारीहरुलाई थप उपकरण हस्तान्तरण गरिएको छ ।
नगराईन नगरपालिका वडा नं .५ गंगुलीमा कोरोना भाईरस (कोभिड-19) संक्रमण महामारी रोकथाम, नियन्त्रण, शंकास्पद व्यक्तिहरूको पहिचान र उपचारार्थ संचालित प्रदेश स्तरीय कोरन्टाईनमा नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत राजकुमार के.सी., लेखा अधिकृत रामबाबु साह समेतले नगराईन नगरपालिका द्वारा स्वास्थ्यकर्मीहरूलाई पि.पि.ई.सेट वितरण गरेका हुन ।
शंकास्पद संक्रमित व्यक्तिहरूलाई प्रवाह भईरहेको सेवा र प्रदान गर्दै आएको सुविधा सन्दर्भमा निरीक्षण अवलोकन गरि यस विषम,जोखिम परिस्थितिमा जनकल्याण कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिदै यस मानवीय कार्यलाई निरन्तर अझ संवेदनशील भई प्रभावकारी र नतिजामुलक सेवा प्रवाह गर्न सबैलाई निर्देशनका साथ यस प्रयोजनमा चाहिने आवश्यक सबै सहयोग उपलब्ध गराउन नगराईन नगरपालिका गम्भीर छ, मेयर यादवले भने ।