About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
कोरोना प्रभावः नेपालमा चीनको सहयोग स्थगित, १४ वटै स्थानीय तहको अनुदान कटौती

खोज केन्द्र सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 

कोरोनाको असर नेपालको वैदेशिक सहयोगमा देखिन थालेको छ । हिमाली जिल्लाहरुका १४ स्थानीय तहलाई चीनको सहयोग स्थगित भएको छ ।

कोरोनाका कारण चीनको वैदेशिक सहायतामा नीतिको प्राथमिकता परिवर्तन गर्दै सहयोग तत्काल दिन नसकिएको उसले जनाएको छ ।

१४ स्थानीय तहलाई चीनले सडक निर्माणका लागि एस्काभेटर प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । वैदैशिकक सहायताको प्राथमिकतामा परिवर्तन भएकाले यो वर्ष दिन नसकिने चिनियाँ पक्षबाट जानकारी आएको तिब्बतस्थित महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले जानकारी गराएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ वटै स्थानीय तहलाई यसबारे जानकारी गराएको छ ।

ताप्लेजुङको फत्ताङलुङ, संखुवासभाको सभापोखरी, दोलखाको विगु, सिन्धुपाल्चोकको जुगल, रसुवाको गोसाईकुण्ड, धादिङको रुविभ्याली, गोरखाको चुमनुव्री, मनाङको नाप्रभुमी, मुस्ताङको लोमाङथान, बझाङको तालकोट, डोल्पाको से–फोक्सुण्डो, मुगुको मुगुम कार्मारोङ, हुम्लाको नाम्खा र दार्चुलाको मार्मा गाउँपालिकालार्य १÷१ वटा वटा एस्काभेटेर दिने सहमति भएको थियो ।

१४ वटै स्थानीय तह चीनसँग सीमा जोडिएका छन् । त्यहाँ सडक सञ्जाल विस्तारका लागि भनेर चीनले एस्काभेटेर दिने बताएपनि कोरोनाले अर्थतन्त्र प्रभावित भएपनि बैदेशिक सहायता कटौती गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]