About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
नेपालमा सरकारी कर्मचारीलाई गाली, जापानमा ताली किन ?

वेद खनाल सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोभिड-१९ ले विश्वभर धावा वोल्न थालेसँगै २०७६ चैत्र ७ देखि नेपालमा जापान लगायतका देशबाट कसैले पनि प्रबेश नपाउने निर्णय भयो । नेपालीले पनि स्वदेश फर्कन नपाउने भए । पछि लकडाउन शुरु भयो, जो निरन्तर छँदैछ ।

चैत्रमा फर्कने गरीको भिसा भएको म पनि देश फर्कन नपाउने भएपछि भिसा थप गर्न २४ गते अध्यागमन कार्यालय गएँ । केही बुझेर गएको थिएँ । साथी पनि थिए । दिउँसो २:४० भएको थियो होला ।

गेटमा प्रहरीले आदरपुर्वक हाँसेर टाउको निहुराएर जापानी प्रचलन अनुसार नमस्कार गरे । नाम र काम सोधे । खातामा नाम लेखाएर एउटा ‘पास’ दिए । गेट खोले । माथिल्लो तलामा भएको कार्यालय जाने बाटो देखाए । यो भवनमा अरु कार्यालयहरु पनि रहेछन् ।

म अध्यागमन कार्यालयको ढोकामा पुगेँ । भित्र धेरै मानिसहरु सेवा पर्खेर बसेका रहेछन् । भनौं भिड थियो । देशमा इमरजेन्सी लाग्ने कुराले भिड बढाएको थियो । भित्र पस्नासाथ सेनिटाइजर रहेछ । हातमा दलेँ । अनि रिसेप्सनमा गएँ । कर्मचारीले अभिवादन गरिन् । मैले फर्काएँ । भिसा थपको निवेदन भरेँ । त्यहाँ अरु कर्मचरी पनि थिए ।

फोटोकपी आदि त्यही भयो । सहि गरेँ । त्यस पछि उनले त्यही हलको अर्को डेस्कमा निवेदन लिएर जान भनिन्, गएँ । पुन: अभिवादन । निवेदन रुजु । अनि उनले मेरो पालो टोकन निकालेर दिए । नं. ८९ । सेवा लिने डेस्क ए । रातो । भर्खर ५७ नं. चल्दैछ । निवेदन तेश्रो डेस्कमा बुझाउन भने । टोकनको एक टुक्रा पनि निवेदनमा सँगै स्टिज गरे । ती कर्मचारी अलि बेखुशी देखिए ।

किनकी मेरो अफिसियल भिसा जिल्ला कार्यालयबाट थप गर्न नमिल्ने रहेछ । यसलाई अस्थायी भिजिटरमा परिणत गर्ने भइयो । तर काम हुन १ घण्टा समय लाग्ने भएकोले कतै घुमेर आउन वा तल पर्खने कक्षमा पर्खन भन्ने सल्लाह दिए । माथि सोध्नुपर्ने जस्तो बुझेँ । म तल प्रहरी गेटको छेउमा आएँ र एउटा बेन्चमा इन्टरनेट चलाएर बसेँ । पर्खेँ ।

१ घण्टा अगावै पुन: कार्यालय पुगेँ । भर्खर ६७ नं. को पालो आएछ । सेवाग्राहीले हल्ला गरेका पनि छैनन् । शान्त छन् । सबै कर्मचारी ब्यस्तै छन् । आपसी गफ गरेको सुनिदैन । भिड घट्दै गयो । निक्कै समय पछि पालो आयो । अर्कै कर्मचारीले मेरो राहदानी लिएर बाहिर आए ।

३ महिना भिसा थप भयो भन्ने भयो । अध्यागमनको सेवा राम्रो लाग्यो । तर फेरि अध्यागमनका अधिकारी अलि लजाए । अलिक बढि नै लागेको थियो । उता निवेदनमा टिकट टाँस गर्न छुटेछ । साथीले बाहिर गएर हुलाकबाट टिकट लिएर आउनु भयो । रकम ४,००० येनको टिकट लागेछ ।

अनि टाँसेर बुझाए पछिमात्र भिसा थप भएको राहदानी हात लाग्यो। भिसा अधिकारीले झुकेर अभिवादन साथ विदाई गरे । समय बढी लागेकोमा माफि मागे । मैलै धन्यवाद दिएँ । करिब ४:४५ मा काम सकियो । भिसा थपेकोमा मेरो दिमागले खुशी मनायो तर मन बेचैन रह्यो ।

समय, प्रकृया र मुल्यका हिसाबले नेपालको सेवा प्रवाह र यहाँको सेवा प्रवाहमा खासै फरक थिएन । फरक थिए निम्न कुराहरु-

१. जापानी कर्मचारीहरु सबैलाई आदर गर्ने र उत्तिकै महत्व दिने अनि कसैसँग हत्तपति नरिसाउने ।

२. समयलाई अत्यन्तै ख्याल गर्ने र थोरै तलमाथी हुनासाथ माफि माग्ने ।

३. अपुरो निवेदन भए पुरा गराईदिने, रुजु गर्ने र मात्रै दर्ता गर्ने । न्यानो ब्यहार ।

४. एउटै हलमा काम सकिने गरी खुला कार्यालय विन्यास । हल्ला नहुने । पर्खने सुविधा । बच्चालाई दुध खुवाउने सानो कोठाको ब्यवस्था ।

बच्चा बोकेर शौचालयमा जानुपर्दा ट्वाइलेटको अगाडि बच्चा राख्ने ठाउँ । सफा सुग्गर ।

अनि सोचेँ यति त हामी नेपालमा पनि गर्न सक्छौं । तर किन नगरेको होला ?

(नेपाल सरकारका उपसचिव खनाल हाल जापानमा अध्ययनरत छन् ।)

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]