About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
केही समययता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच विवाद, ओली र प्रचण्ड राष्ट्रपति कार्यालय जाने तयारीमा

खोज केन्द्र सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, ८ बैशाख । नेकपाभित्रको विवाद चर्कदै गएको छ । मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो ।

विवादपछि बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । बैठक लगत्तै केपी शर्मा ओली र प्रचण्डले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्नका लागि समय मागेका छन् ।

दुवै अध्यक्षले छुट्टा छुट्टै भेट्न लागेका हुन् । अध्यादेश बारे छलफल गर्न समय मागिएको स्रोत बताउँछ । अध्यादेश राष्ट्रपतिबाट प्रमाणित हुनुपर्छ । अध्यादेश रोक्न दबाब दिने प्रचण्डको तयारी छ ।

दुवै अध्यादेश मुख्यसचिव लोकदर्शन रेग्मीले शीतलनिवास पुर्यासकेको स्रोत बताउँछ । मन्त्रिपरिषद्ले संसदीय समितिमा ४० प्रतिशत सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याउने निर्णय गरेको छ। त्यस्तै संवैधानिक परिषद्मा तीन जनाले पनि नियुक्ति गर्न सक्ने अध्यादेश पनि ल्याउन लागिएको छ ।

नेकपाभित्र द्वन्द्व बढेपनि पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागिएको आँकलन गरिएको छ । केही समययता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच विवाद चर्किएको छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]