About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
लकडाउनमा २५ लाखको कागजमै सिमित, दुई वडाध्यक्ष सहित पाँच जनालाई पक्राउ

खोज केन्द्र सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बाराको कलैया उपमहानगरपालिकाले लकडाउनमा गरिब विपन्नलाई गुणस्तरहीन दाल खरिद गरी राहत स्वरुप बाँडेको आरोपमा जिल्ला प्रहरीले सो पालिकाका दुई वडाध्यक्ष र एक जना वडा सचिवसहित पाँच जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा–१ का वडाध्यक्ष हरिओम् साह, वडा नं.७ का अध्यक्ष सर्फुल्लाह अंसारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आईस एण्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बिरगंज स्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई बारा प्रहरीले प्रकाउ गरेको हो ।

जनप्रतिनिधि र कर्मचारी सहिँत ५ जनालाई नियन्त्रणमा राखेर उनीहरूको बयान लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए । बारा प्रहरीले मिल सञ्चालक जैनलाई काठमाण्डौंको कीर्तिपुर नगरपालिका–२ स्थित घरबाट र अन्य चार जनालाई जिल्लाबाटै नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

कलैया उप महानगरपालिकाले चैत २६, २७ र २८ गते लगातारको लकडाउनका कारण प्रभावित वडा नं १, ७, ११, २०, २१, २२, २४, २६ र २७ नं.वडाका परिवारलाई अत्यन्तै न्युन गुणस्तरको खाद्य वस्तु वितरण गरेको थियो ।  कलैया उपमहानगरले आधा दर्जन वडाका सयौं परिवारलाई कुहिएको दाल बाडिएको गुनाँसो आए पछि स्थानीय प्रशासनले कोल्डस्टोरबाट र राहत बाडेको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो ।

गुण नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरे पछि प्रहरीले अनुसन्धान गर्न थालेको हो। बारा प्रहरीले कलैयास्थित कोल्डस्टोरमा भण्डारण गरिएको ३ सय ८० बोरा दाल चैत २९ गते सिल गरेको थियो । राहत बितरण नाममा आफूखुशी गर्नको लागि नगरप्रमुख यादवले वडाअध्यक्षहरुलाई रिझाउनको लागि कार्यपालिका बैठकको निर्णयको बहानामा नियम बिपरीत दुई करोड भन्दा बढी पेश्की कर्मचारीहरुलाई दिलाएका छन् ।

सार्वजनिक खरिद नियमावलीबिपरीत गएर कलैया उपमहानगपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र घिमिरे, तत्कालीन प्रशासकीय अधिकृत हरिनाराण बेल्वासे, लेखा अधिकृतलाई आर्थिक लाभ लिएर जनप्रतिनिधि र कर्मचारीहरुलाई दुई करोड भन्दा बढी पेश्की दिएको तथ्य बाहिर आएको हो । कलैया उपमहानगरपालिकामा रहेका २७ वटै वडाहरुमा साबुन, पानीको व्यवस्था गर्नको लागि एक एक लाखको दरले पेश्की दिने कार्यपालिका बैठकबाट निर्णय भए पनि कुनै वडालाई दुई लाखसम्म पेश्की दिइएको छ ।

राहत बितरण गर्नको लागि प्रत्येक वडाहरुमा ५–५ लाखको दरले पेश्की दिने निर्णय कार्यपालिकाबाट भए पनि कुनै वडालाई ७ लाख भन्दा पनि बढी पेश्की त्यस वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई दिइएको कलैया उपमहानगरपालिकाका लेखा शाखाका एक कर्मचारीले बताएका छन् ।

पेश्की दिने बेलामा तत्कालीन प्रशासकीय अधिकृत बेल्वासे र लेखा अधिकृतले पेश्की बुझ्नेसँग १० प्रतिशत कमिशन दिनुपर्ने सर्तनामा समेत गराएर कतिपय सँग कमिशन समेत असुली गर्न सफल भएको एक जनप्रतिनिधीले बताएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह सोनारले वडामा राहत समग्री बितरण गर्नको लागि वडाले ७ लाख पेश्की पाएको र राहतमा बितरण गरिएको दाल र आलु नगर प्रमुखको कोल्डस्टोरबाट नै खरिद गरेको बताएका छन् ।

जनप्रतिनिधि र कर्मचारीहरुलाई पेश्की दिलाएपछि नगर प्रमुख यादवले खाद्यान्न सामग्रीमध्ये चामल, दाल, आलु अधिकांश वडाहरुमा आफ्नै मार्फत् सप्लाई गराएर ठूलो रकम कमाउने खेलमा लागेका वडा अध्यक्षहरुले बताएका छन् । पेश्की ७ लाख लगेका कलैया १ का वडाध्यक्ष सोनारले राहतमा १५ किलो चामल दिएको भनेर १० किलोमात्र दिएका छन् । ५ किलो आलु दिएको भने पनि २ किलोमात्र दिएको र दाल १ किलो भनेकोमा आधा किलो दिएर अर्को भ्रष्टाचार गरेको आरोप छ ।

चामल नजिकका राईस मिलहरुबाट बजार मूल्य भन्दा केही महँगोमा किनेको खुलेको छ । कतिपय वडाहरुमा न्यून गुणस्तको रहतको दाल र दोब्बर मूल्यमा बिक्री गरेर पदको दुरुपयोग गरे पनि सम्बन्धीत निकायले कारवाही गर्नमा आलटाल गर्दे आएको छ । खाद्यान्न सामग्रीमा बितरण गरिएको रहरको दाल कुहिएको (फंगल) भेटिएपछि नगर प्रमुख यादवको रंगपुरमा रहेको यादव कोल्डमा प्रहरी प्रशासनले छापा मारी ३ सय ८० बोरा दाल सिलसमेत गरेका छन् ।

नगर प्रमुख यादवले महामारीमा पनि उपमहानगरपालिकाको बजेटबाट महँगोमा आलु किनी राहतमा बितरण गर्नेदेखि गुणस्तरहीन रहरको दाल दिएर फुडप्वाइजन नै गराएर अर्को महामारी फैलाउन खोजेकोमा उनलाई मत दिने कलैयाबासी नै लज्जित भएका छन् ।

२५ लाखको कागजमै सिमित

कलैया उपमहानगरपालिकाभित्र रहेका स्वास्थ चौकीहरुलाई कोरोना भाइरसको बिरामीलाई चेकजाँच गर्न आवश्यक पर्ने स्वास्थ सामग्री खरिद गर्ने नामा २५ लाख रुपैया कागजमै कागजी प्रक्रिया पुर्याएर हिनामिना गर्ने खेल शुरु भएको छ ।

कलैया उपमहानगरपालिका प्रमुख यादव, तत्कालीन प्रमुख प्रशासनिय अधिकृत बेल्वासे र लेखा अधिकृतले स्वास्थ्य शाखाका कर्मचारीहरुलाई पेश्की रकम दिएर अधिकांश रकम कमिसन बापत बाडफाँड गरेको र थोरै रकमको स्वास्थ्य सामग्री खरिद गरेको लेखा शाखाका ती कर्मचारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]