About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेश-२: पीसीआर मेशिन अझै जडान भएन, सरकारले नै झुक्याए

खोज केन्द्र सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

वीरगञ्ज- वीरगन्जमा कोभिड–१९ परीक्षण गर्न सरकारले पठाएको पीसीआर मेसिन पाँचदिन देखि नारायणी अस्पतालमा थन्किएको छ ।

कोरोना भाईरस संक्रमण नेपालमा फेला परेदेखि नै वीरगन्जमा एउटा पीसीआर मेशिन अत्यावश्यक रहेको माग भईरहेको अवस्थामा गएको चैत ३० गते आइतबार वीरगन्जमा ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि झन पीसीआर मेशिनको लागि चौतर्फी दबाव आएको थियो ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी चिकित्सकहरुको टोली सहित पीसीआर मेशिन उपलब्ध गराउनुपर्ने माग गर्दै प्रदेश २ का मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री कार्यालयमै पुगेका थिए ।

कोरोना संक्रमण फैलिने जोखिम कम गर्न वीरगन्जमै कोरोना परीक्षणको सुविधा हुनुपर्ने चौतर्फी आवाज उठेपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले वीरगन्जमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेशिन बैशाख ३ गते सोमबार नै जडान भईसक्ने बताएपनि त्यसको दुईदिन पछि मात्रै प्रदेश सरकारको पहलमा संघ सरकारले पठाएको पीसीआर मेशीन बैशाख ५ गते बुधबार राति वीरगन्जको नारायणी अस्पतालमा आईपुगेको थियो ।

तर, नारायणी अस्पतालमा आईपुगेको पीसीआर मेशिन “बाँदरको पुच्छर लौरो न हतियार” भन्ने उखान जस्तै भएको छ । वीरगन्जमा पीसीआर मेशिन जडान गर्न दबाव बढेपछि सरकारले शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पतालमा रहेको मेशिन नै पठाएर झुक्याएको छ ।

पठाईएको पीसीआर मेशिन पठाएपनि त्यसमा लाग्ने उपकरणहरु भने पठाएको छैन । मेशिनमा लाग्ने उपकरण औजारहरु अहिले पूरा नआएकोले यसको जडानमा समय लाग्ने भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

मेशिनमा लाग्ने पूरा उपकरण सामग्रीहरु आउन बाँकी नै रहेकोले त्यो आएपछि मात्रै जडान गरेर चेकजाँच शुरु गर्ने उनले बताए ।

वीरगन्जमा तीनजना भारतीय जमातीहरुमा कोरोना संक्रमण भएको फेला परेपछि मुख्य नाका वीरगन्जमा कोरोना संक्रमण परीक्षण मेशिन जडान गर्न आवश्यक रहेपनि संघ सरकार र प्रदेश सरकारले वीरगन्जको नारायणी अस्पताललाई कम प्राथामिकतामा राख्दा मेशिन जडानमा ढिलाई भएको हो ।

सधैं उपेक्षा गरेको गुनासो गर्दै आईरहेको वीरगन्जलाई कोरोना भाईरस संक्रमणको महामारीमा पनि सरकारले उपेक्षा मात्रै गरेन मेशीन जडानमा झुक्याएको छ ।

वीरगन्जबाट भने कोरोना परीक्षणका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम र बाग्मती प्रदेशको राजधानी हेटौंडा जानुपर्ने बाध्यता छ । मुख्यमन्त्री लालबाबु राउत गद्दीले बोलेको मिति र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बोलेको मितिसम्म पनि पिसिआर मेशिन जडान नभएपछि अझै एकहप्ता सम्म बाहिर परीक्षणका लागि लानुपर्ने अवस्था छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले मेशिन लिएर दुईजना विज्ञ सहितको टोली वीरगन्जमा आईपुगेपनि त्यसमा लाग्ने केही उपकरणहरु अहिले नआएकोले अझै मेशिन जडान हुन एकहप्ता जति समय लाग्न सक्ने बताए । वीरगन्जमा अहिले -यापीड डाईग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको परीक्षण हुदै आएको छ ।

पर्सामा शुक्रबार सम्म ९२३ जनाको परीक्षण गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै शनिबार वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा मार्फत ३१३ जनाको परीक्षण गरिएको वीरगन्ज महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख अरुण कुमार महतोले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]