About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषाका दुई पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रहरी निश्कृय

खोज केन्द्र आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ ।

धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर जनकपुरतर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो ।

आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ ।

शहीद नगरपालिका ९ कोइलपुरमा जनकपुर टुडेका सम्बादाता रहेका मनोज मोरबैता र टुडेखोज डट कमका सिबेन्द्र रोहितामाथि आक्रमण गरिएको हो । रोहिताले शहीद नगरपालिकाका मेयर उदय बरबरियाले आफूमाथि आक्रमण गराएको बताएका छन् ।

आक्रमण गर्दै उनीहरुले ल्यापटप र क्यामेर समेत खोसेको बताएका छन् ।

यसैबीच प्रेस मंच नेपालले विश्व कोरोनासंग लडिरहेको बेला स्थानीय तहद्वारा कोरोना विरुद्धको तयारी बारे समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

मंचका केन्द्रीय उपाध्यक्ष बिन्दकिशोर साहले शनिबार बिज्ञप्ती जारी गर्दै आक्रमणकारी समूहको पहिचान गरी कार्वाहीको माग गरेका छन् ।

धनुषाका दुई पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रहरी निश्कृय देखिएको छ । यदुकूहाका प्रहरी निरिक्षक दोषीलाई बचाउने खेलमा लागेको स्थानियहरुको दाबी छ । 

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]