About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
मेयर बरबरियाले पत्रकारद्धय रोहिता र मोरबैतामाथि आक्रमण गर्न लगाए

खोज केन्द्र शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले समाचार संकलन गरी घर फर्किने क्रममा पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण गर्न लगाएका छन् ।

शुक्रवार साँझ शहिदनगर नगरपालिकाको कोयलपुरमा पत्रकारद्धय रोहिता र मोरबैतामाथि आक्रमण भएको हो । मेयर बरबरियाले पालेका ४/५ जना व्यक्तिले अचानक आएर लाठी प्रहार गर्न थालेपछि पत्रकार रोहिताको टाउँको फुटेको छ । पत्रकार मोरबैतालाई समेत कुटपिट गरेका छन् ।

उनी दुबै जनाको उपचारका लागि जनकपुर लगिएको छ । घाईते पत्रकार रोहिताले भने, ‘आज शहिद नगरले बनाएको क्वारेन्टाइनको रिपोर्टिङ गर्न पुगेका थिए ।

त्यहाँ बस्नेहरुको बेहाल छ । केहि सुविधा दिएको छैन । यस विषयमा मेयरसँग बुझ्न नगरपालिका गएका थिए । सोही निहुँमा लठैत पठाएर आक्रमण गर्न लगाए ।’

मेयर बरबरियाले आफुविरुद्ध पटक पटक समाचार लेखेको भन्दै यसअघि पत्रकार मोरबैतालाई धम्की दिन लगाएका थिए ।

गाउँपालिकामा व्यापक भ्रष्टाचार गरिरहेका मेयर बरबरियाको विषयमा पत्रकारद्धय रोहिता र मोरबैता पटक पटक समाचार बाहिर ल्याउँदै आएका छन् । सो कुरा सह्न नसकेपछि मेयर बरबरिया आक्रमणमा उत्रेका हुन् ।

 

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]