About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
नेपाल: थप १४ जना कोरोना भाइरस संक्रमित भेटिए

खोज केन्द्र शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

शुक्रबार उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. कार्कीले बताए।

उदयपुरमा भेटिएका १२ जना संक्रमित पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, चितवनबाट ल्याइएका दुई वटा स्वाबको रिपोर्ट पनि पोजेटिभ आएको छ। चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमितहरु चैत ३ गतेमात्रै बेलायतबाट फर्किएका हुन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

यसअघि १६ जना कोरोनाका संक्रमित भेटिएका थिए। उनीहरूमध्ये टेकु र पाटन अस्पतालमा दुई-दुई जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच जना, बागलुङ अस्पतालमा दुई तथा वीरगञ्ज अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने कोरोनाको पहिलो संक्रमित युवक निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]