About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
वीरगञ्जमा लकडाउनको उलंघन, जतततै भिड

खोज केन्द्र शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्जमा बिहीबारदेखी अत्यावश्यक वस्तुका पसल खोल्न स्थानिय प्रशासनले इजाजत दिए पनि इजाजदको पालना नभएको वीरगञ्जमा आज देखियो । जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सुचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयं मिलाउन भनेका थिए तर आज वीरगञ्जको माईस्थान बजारमा उसको स्थननियहरुले पालना गरेका छैन्न ।

यसका लागि प्रशासनले बिहान जतिसक्दो सबेरैदेखि बिहान ७ बजेसम्म मात्र खोल्न पाइने जनाएको छ भने औषधी पसल २४ सै घण्टा खोल्न सकिनेछ । गत आइतबार वीरगञ्जमा ३ जना कोरोना संक्रमित फेला परेपछि कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला भरिकै औषधी पसलबाहेक अन्य पसलहरु स्थानीय प्रशासनले पूर्ण रुपमा बन्द गराएको थियो

तरकारी पसलहरु बन्द भएसँगै यहाँको जनजिवन प्रभावित भएपछि बिहिबारदेखि तोकिएको समय सिमामा पसल सन्चालन गर्न पाइने भएको छ भन्दै स्थानिय प्रशासनले जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्धारा जारी सो सूचनामा तोकिएको अत्यावश्यक वस्तुहरु बाहेकको पसलहरु बाहेक साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा भने बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सुचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने जनाइएको छ । अन्यथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिनेछ । सामान खरिद गर्दा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । तथा तरकारी बजार र खुला स्थानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न पाइने छैन र कोही कसैलै होम डेलिभरी गर्न चाहेमा भने त्यसलाई प्रोत्साहित गरिने समेत जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]