प्रदेश नं २: महोत्तरीको लोहारपट्टी नगरपालिका वार्ड नम्बर ८ मा एक हप्ता पहिले वितरण गरिएको साबुन र मास्क मध्ये म्याद सकिएको साबुन फैला परिएका छन ।
लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रामबाबू यादवको नेतृत्वमा वडाबासीलाई कोरोना भाईरसबाट बच्नेको लागि हात धुनका साबुन उपलब्ध गराइएको सबै साबुनको म्याद गुज्रिएको स्थानीय जनता बताए हुन ।त्यहाँ अर्को चरणमा खाद्यान्न सामग्री पनि वितरण गरिने भएकाले उक्त सामग्री पनि एक्स्पायर हुनसक्ने भन्दै राहत लिने गरिब,मजदूर र विपन्न परिवारलाई अगाडी नै सचेत हुन उनले आग्रह गरेका छन् ।
यस सम्बन्धमा लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले आफुलाई पनि वडा ८ मा डेट एक्स्पायर साबुन वितरण गरिएको कुरा जानकारीमा आएकोले यस सम्बन्धमा छानविन गरिरहेको बताए ।
स्थानीय जनता द्वारा निकाय एवं सम्बन्धित सरोकारवालालाई डेट एक्स्पायर सामग्री वितरण नहोस् भन्नेतर्फ निगरानीका लागि अपिल समेत गर्नु भएका छ्न तर पनि तर पनि सत्क भएका छैन । स्थानीय द्वारा गुनासो व्यक्त गर्नु भएका छ्न ।