About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
अर्थतन्त्रलाई टेवा दिन दोस्रो चरणको स्टिमुलस कार्यक्रम ल्याउने तयारीमा मोदी

खोज केन्द्र बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वैशाख ४, नयाँ दिल्ली (भारत) । कोरोना भाइरसको संक्रमित दिनहुँ बढ्न थालेपछि भारत सरकारले बन्दाबन्दी अर्को लम्ब्याएर मे ३ सम्म पुरयाएको छ । योसँगै लकडाउन करीब ४० दिनको भएको छ । यस्तोमा अर्थतन्त्रलाई टेवा दिन दोस्रो चरणको स्टिमुलस कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।

बिहीवार कोभिड–१९ ले पारेको गम्भीर प्रभावबाट अर्थतन्त्रलाई टेवा दिन स्टिमुलस र उपायहरुलाई अन्तिम रुप दिन अर्थमन्त्री निर्मला सितारमण प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछिन् ।

प्याकेजलाई अन्तिम रुप मिल्यो भने यसको घोषणा चाँडै हुने नाम उल्लेख नगर्ने शर्तमा एक सरकारी अधिकारीले बताएको भन्दे स्थानीय सञ्चार माध्यम इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा समाचार छापिएको छ ।

नयाँ प्याकेजले महामारीको सबैभन्दा मारमा परेका लघु, साना तथा मझौला उद्योगहरुलाई बढी ध्यानले दिने बताइएको छ । यसमा १ खर्ब रुपयाको कर्जा प्रत्याभूति कोष समेत हुने अर्का सरकारी अधिकारीको भनाइ छ ।

अर्थतन्त्रका अन्य क्षेत्रलाई समेत समेट्ने उपायहरुको यो पहिलो शृंखला हुने अपेक्षा गरिएको छ । बुधवार मात्रै सरकारले कोरोना भाइरसको संक्रमण एकदम कम पाइएको हरित क्षेत्रमा अप्रिल २० बाट कयौं औद्योगिक र आर्थिक गतिविधि सञ्चलानको अनुमति दिने घोषणा गरेको थियो ।

यस अघि पनि सितारमणले  गरिबलाई सिधै नगद वितरण गर्ने, निःशुल्कमा रासन दिने लगायत १७ खर्ब रुपया बराबरको राहत प्याकेजको घोषणा गरेकी थिइन् ।
व्यवसाय र व्यक्तिहरुको अनिवार्य अनुपालन समेत खुकुलो बनाइएको थियो ।

आगामी उपायहरुमा भने आतिथ्य, पर्यटन, उड्य्यन, निर्यात र बहुमूल्य धातु तथा गहना लगायत सेवा क्षेत्रमाथि बढी जोड दिइनेछ । उद्योगहरुले भने अर्थतन्त्रलाई ब्यूताउँन भारतीय कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को ३ देखि ५ प्रतिशतको प्याकेज खोजिरहेका छन् ।

सरकारले जीडीपीको एक प्रतिशतको मात्रै प्याकेज ल्यायो भने पनि करीब २० खर्ब रुपया बराबर हुनेछ । सरकारले लागू गरेको बन्दाबन्दीले अर्थतन्त्रलाई ६० खर्ब देखि १०० खर्ब रुपयासम्मको खाटा हुने प्रक्षेपण गरिएको छ ।

चालू आर्थिक वर्षमा भारतीय अर्थतन्त्र १ दशमलव ९ प्रतिशतले मात्रै बढ्ने बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रक्षेपणले देखाएको छ ।

बन्दाबन्दीका कारण खुद्रा, खपत, यात्रा र पयर्टन, आतिथ्य निर्माण र यातायात क्षेत्र सबैभन्दा धेरै प्रभावित भएका छन् । एजेन्सी

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]